वीरगंज कारागारमा भौतिक संरचनाको उद्घाटन

0

प्रस, वीरगंज, २ भदौ/

निजी क्षेत्रले दिएको रु ७० लाख आर्थिक सहयोगमा वीरगंज कारागारमा विभिन्न भौतिक निर्माणका कार्य भएको छ । कारागारमा १० केभिए क्षमताको स्वचालित जेनेरेटर जडान भएको कारागार प्रमुख कृष्ण गैरेले बताए । त्यस्तै, कारागारमा पुरुष ब्लकतर्फ भान्सा घर मर्मतसम्भार तथा २४० शøयाको शयन कक्ष निर्माण भएको प्रमुख गैरेले बताए । 

त्यस्तै, कारागारको पुरुष ब्लकमा एलइडी टिभी जडान गरिएको, शौचालय र सैलुन कक्षको मर्मत गरिएको छ भने महिला ब्लकतर्फ तीनवटा आधुनिक स्नानघर निर्माण भएको, एलइडी टिभी जडान गरिएको छ । 

महिला ब्लकको भान्सा र बाथरूम मर्मतमा कैदीबन्दीहरूले श्रमदान गरेको आन्तरिक प्रशासन प्रमुख फिरोज अन्सारीले बताए । 

बुधवार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे र जेलर गैरेले उक्त भौतिक संरचनाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाका मेजर नैना बस्नेत, प्रनाउ प्रह्लाद कार्की, कारागारका नवराज बर्ताैलालगायतको सहभागिता थियो । 

वीरगंज कारागारलाई जगदम्बा स्टील, शिवशक्ति घ्यू उद्योग, लक्ष्मी नारायणी ट्रेडिङ, अप्सरा सेनेटरी, तुलसी टायल्स, राजकुमार दारुका, पवन अग्रवाल, डिएन अग्रवाल, अशोक लाठ, नारायणी स्ट्रीप्सलगायतले आर्थिक सहयोग गरेका थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here