सन्दीप लामिछानेको सिपिएल खेल्ने सम्भावना न्यून

0

काठमाडौं, २ भदौ/रासस

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्काे सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ ।

सिपिएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि सन्दीपको सिपिएल खेल्ने सम्भावना कमजोर बन्दै गएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताए । उनले राष्ट्रिय टोलीको महŒवपूर्ण सदस्यका रूपमा रहेका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त हुनुपर्ने भएकाले पनि सिपिएल खेल्ने सम्भावना कमजोर बन्दै गएको उल्लेख गरे । सन्दीप सिपिएल २०२१ मा ट्रिनबेगो नाइट राइडर्समा अनुबन्ध भएका थिए ।

सिपिएल अगस्त २६ देखि सेप्टेम्बर १५ सम्म सञ्चालन हुनेछ । नेपालले ओमानमा नै हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ । त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्नेछ ।

त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग सेप्टेम्बर ५ र ८ तारिखमा दुर्ई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । दुवै खेल ओमनमा नै हुनेछ । 

सन्दीपले यसअघि तीन सिजनको सिपिएल खेलिसकेका छन् । उनले गत सिजन जमैका तलावाजबाट खेलेका थिए । त्यसअघि सन्दीपले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here