किशोरीको हत्या भएको खुलासा, दुईजना पक्राउ

0

प्रस, सर्लाही, २ भदौ/

सर्लाहीको लालबन्दीमा मृत फेला परेकी किशोरीको हत्या भएको खुलेको छ ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

बितेको आइतवारदेखि हराइरहेकी लालबन्दी नगरपालिका वडा नं १७, रानीगंज निवासी १६ वर्षीया प्रियङ्का भुजेल मङ्गलवार मृत फेला परेकी थिइन् । उनको शव लालबन्दी–६ स्थित कालिञ्जोर खोलाछेउमा गाडिएको अवस्थामा फेला परेको थियो ।

मृतक प्रियङ्काको हत्या गरेको खुलेको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता  प्रनाउ माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नं १७ का १८ वर्षीय किसन साह र १९ वर्षीय अनिष दाहाल छन् । उनीहरूले प्रियङ्काको हत्या गरी शव गाडेको स्वीकारेका छन् ।

हत्याको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता बुढाथोकीले बताएका छन् ।

किशोरीको शवलाई शल्यपरीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको र सोको रिपोर्ट आएपछि अनुसन्धान सहज हुने प्रहरीको भनाइ छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here