वीरगंज र रक्सौलका उद्योगीबीच छलफल

0

प्रस, वीरगंज, १ भदौ/

वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा भारत, रक्सौलस्थित चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका पदाधिकारीहरूबीच रेलवेका समस्याबारे छलफल गरिएको छ ।

छलफलमा रक्सौल च्याम्बरका अध्यक्ष अरुण गुप्ता र महासचिव आलोककुमार श्रीवास्तवले सांसद र एडिआरएमलाई ज्ञापनपत्र बुझाउँदै रक्सौलबाट दरभङ्गासम्म चल्ने सत्याग्रह एक्सप्रेसलाई रेलवेको योजनामा रोक लगाउन माग गरेका छन् । 

चेम्बरका पदाधिकारीहरूले सत्याग्रह रक्सौलको जीवनरेखा भएको र यसलाई दरभङ्गामा लैजानु यहाँका जनतामाथि अन्याय भएको बताए । वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वको टोलीले रक्सौलबाट सुपरफास्ट ट्रेन चलाउन र रक्सौल विमानस्थल शुरू गर्न माग गरेको छ । 

टोलीमा वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल (पटवारी), उपाध्यक्ष हरि गौतम, माधव राजपाल सहभागी थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here