वर्षाका कारण तीनवटा घर भत्कियो

0

प्रस, सिम्रौनगढ, २ भदौ/

सिम्रौनगढमा वर्षाका कारण तीनवटा कच्ची घर भत्केको छ । सिम्रौनगढ नपा–६ को सानो इटवाल र सिम्रौनगढमा स्थानीय शिव हजारी पासवान, चोकट मियाँ चुडिहार र अयुब अन्सारीको कच्ची घर भत्केको हो । कच्ची घर भत्केर घरमा रहेको सिलाइ मेशिन, खाट र धान, चामल क्षति भएको अयुब अन्सारीले बताए । 

खपडा र फुसको घर भत्केर लाखौं मूल्यको क्षति भएको बताइएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here