प्रस, सिम्रौनगढ, ३२ साउन/

टिकटकको ज्वरो सिम्रौनगढमा पनि बेस्सरी लागेको छ । ससाना बालबालिकादेखि युवा, प्रौढसमेत टिकटकमा व्यस्त छन् ।

विद्यालय बन्द भएका कारण विद्यार्थीहरू अनलाइन पढाइ कम, टिकटक बनाउन बढी व्यस्त हुने गरेका छन् । अनलाइन पढाइका लागि अभिभावकसँग मोबाइल किन्न लगाएर उनीहरू अहिले टिकटक बनाउन व्यस्त छन् । सिम्रौनगढ र आसपासमा अहिले युवाहरूको दिनचर्या नै टिकटक भएको छ । टिकटकबाट आम्दानी नभए पनि आफ्नो कलाकौशल प्रस्तुत गर्न सकिने हुनाले धेरैजनाले यसमा चासो देखाउँदै आएका छन् ।

टिकटकमा कलाकौशल प्रदर्शन गर्नु राम्रो भएपनि अहिले टिकटकको नाममा अश्लीलतातर्फ युवाहरू उन्मुख भएको भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन् । गाउँघरमा हुने साउन्ड रेकर्डिङ, डिजे डान्स कम्पनी, नाच, आर्केस्ट्रामा कार्यरत महिला कलाकार र तेस्रो लिङ्गीहरूलाई सहभागी गराएर अश्लीलता प्रदर्शन गर्ने गीत, अभिनयमा युवाहरू आकर्षित भएकाले अभिभावकहरू चिन्तित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here