२० गते प्रतीकमा विनोद गुप्ताको लेख ‘सेकेन्ड बेस्टबाट अब गुड ह्यान्ड’ पढें । मेहताले देउवालाई एक्सिडेन्टल प्रधानमन्त्री भनेको मतलब यो हो कि देउवाले नसोचेको प्रधानमन्त्री पद पाए । मनमोहन सिंह पनि त सोचविचार गरेर प्रधानमन्त्री बनेका थिए । तर जनताले नसोचेकोले एक्सिडेन्टल भनियो । देउवालाई पनि टाढाटाढासम्म कुनै आशा थिएन । सबै कुरा एक्सिडेन्टल हुँदै गयो र उनी प्रधानमन्त्री बने । जहाँसम्म मोदी र ओलीको रसायन मिलेर यति विघ्न घटना भयो भन्ने कुरा छ, त्यो साँचो हो । भारत र नेपालको परिस्थति अलग–अलग छ । त्यहाँ एक वर्गले आफूलाई अल्पसङ्ख्यक भने पनि आतङ्क मचाइरहेको छ, जसमा लगाम लगाउन आवश्यक छ । नेपालमा त्यो छैन र ओली जस्ताको आवश्यकता पनि छैन । देउवाको सफलता गठबन्धनको क्रियाकलापमा निर्भर छ । माधवकुमार नेपालजस्तै अरूले पनि हात झिके देउवा चुनावमा जान्छन् । उनी वाच डगको भूमिकामा छन् ।

  • डा. शिवशङ्कर यादव, छपकैया, वीरगंज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here