जानसिन खोप लगाउन अधिकांश केन्द्रमा विवाद

1
540

प्रस, वीरगंज, १२ साउन/

कोभ्यास अन्तर्गत नेपाल सरकारलाई प्राप्त कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सनको जानसिन खोप लगाउन मङ्गलवार दोस्रो दिन सर्वसाधारणमा आकर्षण बढेको देखियो ।

पर्साका विभिन्न पालिकामा सोमवार र मङ्गलवार गरी ३५ हजारजनालाई खोप लगाउने लक्ष्य राखिए तापनि अधिकांश केन्द्रमा सयौंको सङ्ख्यामा भीड देखिएको थियो । वीरगंज–१४ पिपरास्थित स्वास्थ्य चौकीमा बिहान १० बजेदेखि नै वादविवाद हुन थालेपछि सुरक्ष्Fाकर्मी लगाएर खोप दिइएको थियो ।

भारतमा उत्पादित कोभिशिल्ड र चीनमा उत्पादित भेरोसिलभन्दा यो खोपको प्रभावकारिता बढी भएको र एक मात्रा लगाएपछि पुग्ने भएकोले पनि अधिकांशले यो खोप लगाउन चाहेका छन् ।

खोप नलगाइ भारतमा अध्ययन गर्न जान कठिनाइ भएर युवाहरू पनि खोपकेन्द्रमा गएर खोप लगाउन विवाद गरिरहेका थिए भने अर्कोतिर भेरोसिल र कोभिशिल्ड लगाउन छुटेका ५५ वर्षभन्दा माथिका व्यक्तिहरू पनि खोप लगाउन दौडधूप गरिरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

कोरोनाबाट जोगिन खोप नै अन्तिम विकल्प भएको भन्दै शुरू–शुरूमा खोप लगाउन ग्रामीण भेगमा र अशिक्षित व्यक्तिहरूले आनाकानी गरेका थिए । तर अहिले कोरोनाविरुद्ध खोप नै अन्तिम विकल्प भएकोले पनि कतिपय खोप लगाउन अग्रसर देखिएका थिए ।

पर्सामा हालसम्म कोभिशिल्डको पहिलो मात्रा ३६ हजार ८ सय ८० जना र दोस्रो मात्रा ९ हजार ४ जना गरी ४५ हजार ८८४ जनाले लगाएका छन् भने भेरोसिलको पहिलो मात्रा ८ हजार ६३४ र दोस्रो मात्रा ७ हजार ३२६ गरी १७ हजार २१० जनाले लगाएका छन् ।

यसैगरी, ३५ हजारजनाले जानसिन खोप लगाएपछि पर्सामा खोप लगाउनेको सङ्ख्या ९८ हजार ९४ हुनेछ ।

1 COMMENT

  1. वार्ड नं १९ हाल१६ नगवा स्वास्थ्य चौकी मा पनिदिउँसो २:००बजे देखि बिबाद भाई खोप कार्य क्रम बन्द भएको छ । यो बिबाद को कारण जन प्रतिनिधि र स्वास्थ्यकर्मी को कारण हो । आफ्नो मान्छे जति उमेर का भए पनि मिलोमतो मा खोप लगाईयो तर बाकी जनता लाई ५०बर्ष भन्दा माथि हुनुपर्छ । भन्ने कुरामा बिबाद भएको हो । खास गरि यस वडा का वडा अध्यक्ष ले गर्दा हो जो आफै निलम्बन भएका हुन् आफ्नै घरका छोरा छोरी र भतिजो आफै बसी खोप लगाएका थिए र अरुलाई ५० बर्ष भन्दा माथि कोई मात्र लगाउने भनि निर्देशन दिए पछि बाँकी स्थानीय जनता हरु सबै १८ बर्ष भन्दा माथि को लागि खोप लगाउनु पर्छ ।भन्ने कुरा मा स्वास्थ्यकर्मी का ईन्चार्ज अरुण यादव ले अध्यक्ष श्यामबाबु चौरसिया को ईसारा मा खोप कार्य क्रम बन्द गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here