तस्करी मौलायो, बालबालिकाको प्रयोग

0
51

नितेश कर्ण, वीरगंज, ६ साउन/

पर्सा जिल्लामा निषेधाज्ञा अवधिमा चोरी, निकासी पैठारी (तस्करी) मौलाएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साले रक्सौल–वीरगंज मुख्य नाकाबाहेक नेपाल–भारतसँग जोडिएका जिल्लाको सबै नाका बन्द गरेको छ तर नेपालबाट केराउ, स्याउ, छोहोरा, मरिच, सुपारी, पान, सोयाबिन तेलको तस्करी भइरहेको छ भने भारतबाट इलेक्ट्रोनिक, कम्प्युटर पाट्र्स, खाद्यान्नलगायतका सामानको तस्करी भइरहेको छ ।

पर्सा जिल्लाको वीरगंज महानगरको इनर्वा, छपकैया, अलौं र ग्रामीण क्षेत्रको सबैठवा, धोरे, जानकीटोला, निर्मलबस्ती, ठोरीलगायतका ठाउँबाट निर्बाधरूपमा तस्करी भइरहेको छ ।

यसैगरी, बारा जिल्लाको विश्रामपुर, बलिरामपुरबाट व्यापकरूपमा तस्करी भइरहेको छ । यो नाका भएर तस्करहरूले भारतबाट सामान ल्याउने र यहाँबाट सामान लैजाने कार्य गर्दै आएका छन् । अहिले यो नाका सबैभन्दा चर्चामा छ । तस्करहरूले साइकल, मानिस लगाएर सामानहरू ढुवानी गर्दैछन् ।

मानिसहरूलाई दैनिक ढुवानीबापतको रकम दिएर दुवैतर्फ गोदाममा सामान भण्डारण गर्ने र गन्तव्यसम्म पु-याउने काम भइरहेको छ । अहिले सयौंको सङ्ख्यामा मानिसहरू यो काममा परिचालन गरिएको छ । दैनिक रु २ सय प्रतिटिप सामान ढुवानीबापत दिइने गरेको स्रोतले जनाएको छ ।

तस्करीमा बालबालिकाको प्रयोग

तस्करहरूले अहिले बालबालिकाहरूलाई यो काममा परिचालन गरेका छन् । सुरक्षाकर्मीहरूले बालबालिकालाई खासै दुःख नदिने गरेको कारण तस्करहरूले उनीहरूको प्रयोग गरेका हुन् । विद्यालय बन्द भएको अवस्थामा कतिपय विद्यार्थीहरू यो काममा परिचालित छन् । बालबालिकाहरूले दैनिक २/३ खेपसम्म सीमा वारिपारि गर्ने र सोअनुरूप रकम कमाउने हुनाले उनीहरूको आकर्षण यसतर्फ बढेको हो ।

समितिका अध्यक्ष हरि गौतमको नेतृत्वमा गएको टोलीले जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाललाई भेटी वीरगंज महानगर–१४ लिङ्करोडमा सिसिटिभी आवश्यक भएको जानकारी गराएको थियो ।

अध्यक्ष गौतमसहितको टोलीले नगरप्रमुख विजयकुमार सरावगीको निवास तथा उच्च अदालत, जिल्ला अदालतका अधिकांश न्यायाधीशहरूको बसोबास रहेको तथा अन्य उच्च ओहदामा रहेका व्यक्तिहरू सो टोलमा भएका कारण सुरक्ष्को लागि सिसिटिभी जडान गर्न आग्रह गरेको थियो ।

प्रवक्ता खनालले यसबारेमा पहल गर्ने आश्वासन दिए । टोलीमा डा अशोक दास, पत्रकार केसी लामिछानेलगायतको सहभागिता थियो ।

बाँध भत्किन शुरू भएपछि सुरक्षाकर्मी र स्थानीय बासिन्दा मिलेर नियन्त्रणको प्रयास गरेका थिए । तर नियन्त्रणको सबै प्रयास असफल भएको र बाँध भत्किएको हो । बाँध भत्किए पनि बुधवार बिहान पानीको बहाव कम भएकोले गाउँतर्फ बाढी प्रवेश गरेको छैन । थप वर्षा भएर नदीमा पानीको सतह बढेमा बाढी गाउँतर्फ प्रवेश गर्ने र त्यसले निकै समस्या निम्त्याउने स्थानीय बासिन्दाले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले भने बुधवार बिहानैदेखि नदी नियन्त्रणको काम शुरू गरिएको र ठूलो पानी नपरे २४ घण्टाभित्र भरपर्दो बाँध निर्माण गरिसक्ने लक्ष्य लिएको बताए । कमला नदी बाँधको आपत्कालीन अवस्थाबारे जानकारी भएपछि सङ्घीय सरकारको अर्थ मन्त्रालयले मङ्गलवार ५० लाख रुपैयाँ बजेट छुट्टयाएको छ । उक्त बजेट लगानी हुने गरी नदी नियन्त्रण तथा बाँध निर्माणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा परिचालित भएको प्रजिअ बाँस्तोलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here