सबैलामा कमला नदीको बाँध फुट्यो

0
55

प्रस, जनकपुरधाम, ६ साउन/

धनुषाको सबैलास्थित कमला नदीको बाँध पूर्णरूपमा भत्किएको छ । सोमवार रातिको अविरल वर्षाका कारण आएको बाढीले कटान शुरू गरेको बाँध बुधवार बिहानसम्म पूर्णरूपमा कटान भएको हो ।

सबैला नगरपालिका–१३ किरतपुरस्थित कमला नदीको पश्चिमतर्फको बाँध बुधवार बिहान पूर्णरूपमा भत्किएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताएका छन् ।

बालुवा र माटोको ढिस्को बनाएर बाँध निर्माण गरिएकाले पनि वर्षाको कारण गलेको जमीन कटान गर्न नदीलाई सहज भएको प्रजिअ बाँस्तोलाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here