८१ किलो गाँजासहित चालक पक्राउ

0
91

प्रस, मकवानपुर, ६ साउन/

मनहरीबाट ८१ किलो गाँजासहित ट्रकचालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ

बुधवार बिहान ८१ किलो गाँजासहित ट्रकचालकलाई मकवानपुर राक्सिराङ गाउँपालिका–४ बस्ने वर्ष ४२ का बाबुराम नेगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम लोकमार्गमा रोकिएको ना.८ख ८२८४ नं.को ट्रक चेकजाँच गर्दा ट्रक पछाडि ढालामा लुकाइएको ८१ किलो ३५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here