संक्रमण भएपछि ९ महीनासम्म शरीरमा एन्टिबडी रहन्छ

0
72

प्रस\फरक समाचार

कोरोना सङ्क्रमण एकपटक भएपछि एन्टिबडिज शरीरमा कति दिनसम्म रहन्छ, यो प्रश्न सदैव चर्चामा छ । हालै गरिएको अनुसन्धानमा वैज्ञानिकले यसको जवाफ दिएका छन् । वैज्ञानिकको भनाइ छ, सङ्क्रमणको ९ महीनासम्म शरीरमा एन्टिबडिजको स्तर उच्च रहन्छ । चाहे रोगीमा सङ्क्रमणपछि लक्षण देखिएको होस् वा रोगी एसिम्प्टोमैटिक होस् । यो दावी इटलीका पडुआ विश्वविद्यालय र लन्दनको इम्पिरियल कलेजले मिलेर गरेको हो ।

९८.८ प्रतिशत रोगीमा भेटियो एन्टिबडिजः पछिल्लो वर्ष फेब्रुअरी र मार्चमा इटली शहरमा तीन हजार कोरोना पीडितको तथ्याङ्क सङ्कलन गरिएको थियो । यसमध्ये ८५ प्रतिशत रोगीको जाँच गरियो । मे र नोभेम्बर २०२० मा एकपटक पुनः रोगीको जाँच गरेपछि एन्टिबडिजको स्तर देखियो । जाँचमा जो फरवरी र मार्चमा सङ्क्रमित भएका थिए उनीहरूमध्ये ९८.८ प्रतिशत रोगीमा नोवेम्बरमा पनि एन्टिबडिज पाइयो ।

लक्षण र लक्षणविनाका रोगीमा एन्टिबडिजको स्तर एउटैः  इम्पिरियल कलेजका अनुसन्धानकर्ता इलेरिया डोरिगाटीले भनिन्, अनुसन्धानको क्रममा लक्षण भएको र विना लक्षणका रोगीमा एन्टिबडिजको स्तर एकसरह थियो । यो कुरा स्पष्ट छ कि कोरोनाको लक्षण र सङ्क्रमण कति गम्भीर थियो, यसको एन्टिबडिजको स्तरमा कुनै असर परेको थिएन ।

हरेक चारमध्ये एकजना पीडितले परिवारमा सङ्क्रमण पैmलाएः पडुआ विश्वविद्यालयका शोधकर्ता एनरिको लावेज्जो भन्छिन्, जुन शहरका मानिसलाई अनुसन्धानमा सामेल गरिएको थियो, मेमा त्यहाँको ३.५ प्रतिशत आबादी सङ्क्रमित भएका थिए । यसमध्ये बढीजसो एसिम्प्टोमैटिक थिए । रिसर्चमा हरेक चारमध्ये एकजना व्यक्तिले आफ्नो परिवारमा सङ्क्रमण फैलाएका थिए ।

फोक्सो कोभिडको लक्षण ?

रोगीको फोक्सोमा कोभिड भएको लक्षण कस्तो हुन्छ, यो बुझ्न वैज्ञानिकले एउटा अध्ययन गरे । वैज्ञानिकको भनाइ छ सङ्क्रमण भएपछि पहिलो सातामै कोरोनासँग सम्बन्धित ५ वटा लक्षण देखिन्छ भने रोगीलाई फोक्सो कोभिड हुने खतरा बढी रहन्छ । यी ५ लक्षणमा थकान, टाउको दुखाइ, साससम्बन्धी समस्या, ज्वरो र पेटसम्बन्धी समस्या  सामेल छ ।

अनुसन्धान गर्ने ब्रिटेनको बर्मिघम विश्वविद्यालयका शोधकर्ताको भनाइ छ, कोरोना पीडितहरूको तथ्याङ्कको मदतबाट फोक्सो कोभिडको १० वटा लक्षण बताइएको छ । यसमध्ये टाउको दुख्ने, मांसपेशी दुख्ने, खोकी, सास फेर्न समस्या, जोर्नीमा दुखाइ, छातीमा दुखाइ, डायरिया, स्वाद र सुगन्ध नपाउनु हो ।

के हो लङ्ग कोभिड ?

फोक्सो कोभिडको कुनै मेडिकल परिभाषा छैन । सजिलो भाषामा यसको अर्थ हो शरीरबाट भाइरस पसेपछि पनि केही न केही लक्षण देखा पर्नु । कोभिड १९ का जुन रोगीको रिपोर्ट नेगेटिभ आएको छ, उनीहरूलाई महीनौसम्म समस्या भइरहेको छ । कोभिड १९ बाट मुक्त भएपछि पनि लक्षण लामो समयसम्म रहिरहनु नै फोक्सो कोभिड हो ।

शोधकर्ता ओलालेकन ली भन्छन्, फोक्सो कोभिडबाट ग्रसित रोगीले आपूmलाई एक्लो महसूस गर्छन् । उनीहरू आपूmलाई रोगी सम्झिन्छन् । शोधकर्ता शमिल हरूनीको भनाइ छ, जबसम्म यो बुझ्न सक्दैनौं कि किन केही मानिस फोक्सो कोभिडबाट ग्रसित छन् । यसैले जरूरी छ यस्तो मामिलालाई चाडै बुझ्नुपर्छ ।

फोक्सोको क्षमता घट्छः वैज्ञानिकको भनाइ छ, अस्पतालबाट डिस्चार्ज भएपछि सार्स र मेर्सका रोगीमध्ये २५ प्रतिशत व्यक्तिको फोक्सो ठीक ढङ्गले काम गर्दैन । उनीहरूको कसरत गर्ने क्षमतामा गिरावट आउँछ । शोधकर्ता मिलेनी कालवर्ट अनुसार फोक्सोको कोभिडबाट जुझ्ने रोगीमा देखिने लक्षण र कम्पिलकेशन्सलाई गहिराईले बुझ्नुपर्छ ।

फोक्सो कोभिडमाथि युनिभर्सिटी कलेज लन्दनकी न्युरोसाइन्टिस्ट एथेना अक्रमी भन्छिन्, यस्ता रोगीमा पछि गएर कति प्रकारको लक्षण देखिन्छ, यसको निकै कम जानकारी पाएका छौं । यस्तो यसकारण हुन्छ, जसरी समय बित्दै जान्छन्, लक्षण देखिन थाल्छ  यो कति गम्भीर हुन्छ, यसको दिनचर्यामा कति असर पर्छ, यसको जानकारी पनि पछि थाहा हुँदै जान्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here