५ किलो चाँदीको गहनासहित साह पक्राउ

0
59

प्रस, वीरगंज, ६ साउन/

पाँच किलो चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

सप्तरी, राजविराज उपमहानगरपालिका–२ मेघरा घर भई हाल चितवन, खैरहनी नपा–२ बस्ने ४३ वर्षीय अङ्गद साहलाई गहनासहित पक्राउ गरिएको जिप्रका पर्साले जनाएको छ ।

भन्सार छली गरी ठूलो परिमाणमा चाँदीका गहना वीरगंज ल्याइरहेको सूचनाको आधारमा प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बुधवार बिहान साढे ८ बजे वीरगंंज–१६ स्थित शङ्कराचार्य द्वारबाट साहलाई पक्राउ गरेको हो ।

साहले बोकेको झोलाबाट चाँदीका तयारी गहना ५ किलो ३३४ ग्राम  फेला परेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । पक्राउ परेका साहलाई थप कारबाईको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको प्रनाउ खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here