पानीले निकास नपाउँदा खेतमैं धान डुब्यो

0
98

बलिराम शुक्ला, बिरुवागुठी, ६ साउन/

वर्षाको पानीले निकास नपाउँदा पर्सागढीका किसानले लगाएको धानबाली डुबानमा परेको छ । पर्सागढी नगरपालिका–३ र ४ का केही किसानको करीब १० बिघाभन्दा बढी धानखेती डुबानमा परेको छ ।

खेतबाट पानीको निकास नहुँदा पाकेको धान डुबानको कारण काट्न नपाउँदा धान खेतमैं उम्रिन थालेको किसानहरूले बताए ।

पर्सागढी नगरपालिका–४ का किसान नसामुदी देवानका अनुसार १५ कट्ठामा लगाएको धान पाकेर काट्ने समयमा अविरल वर्षा भएको र पानीले निकास नपाउँदा धान डुबानमा परेको बताए ।

पर्सागढी नपा–४ का किसान शेख सफीको १० कट्ठा, शेख जौवादको १० कट्ठा, लैसुद्दीन देवानको १२ कट्ठा, खलिल देवानको १० कट्ठा, मुस्तुफा शाहको १५ कट्ठा, क्यामुदिन अन्सारीको १० कट्ठा, शेख अनवरको १० कट्ठा र वडा नं ३ का किसान भरत चौधरीको १५ कट्ठा धानखेती डुबानमा परेको पर्सागढी नगरपालिका–४ का अध्यक्ष समसुद्दीन शाह देवानले बताए ।

केही किसानले डुबानमा परेको धान काटे तापनि व्यापारीहरूले किन्न नमानेको र केही व्यापारीले किने पनि निकै कम मूल्य दिएको किसानहरूले गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here