भारतमा थप ४२ हजार १५ नयाँ सङ्क्रमित

0
61

नयाँ दिल्ली/सिन्ह्वा

भारतमा कोरोना भाइरसबाट थप ४२ हजार १५ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधवार जानकारी दिएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १२ लाख १६ हजारभन्दा बढी पुगेको छ ।

भारतमा अहिले पनि कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या चार लाख ७ हजार १७० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण थप ४८९ जनाको मृत्यु भएको छ । तर महाराष्ट्र राज्यले कोरोना सङ्क्रमणका कारण पहिले नै ज्यान गुमाएका तर तथ्याङ्कमा छुटेका व्यक्तिको नाम दिएको हुनाले गत २४ घण्टामा कोरोना सङ्क्रमितको कारण मृत्यु भएकाको सङ्ख्या तीन हजार ९९८ भएको मन्त्रालयले बुधवार जानकारी दिएको छ ।

कोरोना भाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १८ हजार ४८० पुगेको पनि सो मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३६ हजार ९७७ कोरोनामुक्त भएपछि भारतमा तीन करोड ३ लाख ९० हजार ७१० व्यक्ति कोरोनामुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here