वन संरक्षण – वर्तमानको खाँचो

0
337
  • अनन्तकुमार लाल दास

वन मूलरूपमा भूमिको त्यो भाग हो जहाँ धरै सङ्ख्यामा रूख–बिरुवाको विभिन्न प्रजाति उपस्थित हुन्छ । प्रकृतिको यो सुन्दर रचना विभिन्न प्रकारका जनावरहरूको लागि वासस्थल पनि हो । ठूला र साना रूख र झाडीहरूले घेरिएको एउटा विशाल भूमि वन क्षेत्रको रूपमा चिनिन्छ ।

विश्वमा अनेकथरीका वन पाइन्छ । हाम्रो देश नेपाललाई ‘हरियो वन नेपालको धन’ पनि भनिन्छ । हाम्रो देशको ३७ प्रतिशत भूभाग वनले ओगटेको छ । वनलाई त्यस ठाउँको माटो, रूख, वनस्पति, त्यहाँ पाइने जनावरहरूको प्रकारको आधारमा वर्गीकृत गरिएको छ । वन पृथ्वीको पारिस्थितिक तन्त्रको एउटा अनिवार्य अङ्ग हो । वन हावापानीलाई सन्तुलनमा राख्ने र वातावरणलाई शुद्ध गर्ने काम पनि गर्दछ ।

यसले जलाशयको रक्षा गर्ने काम पनि गर्दछ । वन जनावरहरूको लागि प्राकृतिक वासस्थल, इन्धन र काठको एउटा प्रमुख स्रोत पनि हो जो हाम्रो दैनिक जीवनमा अति नै उपयोगी रहेको छ। वनले गर्दा पृथ्वीमा जैविक विविधता कायम रहन्छ र यसरी वन पृथ्वीमा स्वस्थ वातावरण कायम राख्न महŒवपूर्ण भूमिका निर्वाह गर्दछ ।

वन शब्दको उत्पत्ति फ्रान्सिसी शब्दबाट भएको छ जसको अर्थ ठूलो मात्रामा रूखबिरुवाको प्रभुत्व हुनु हो । यसलाई अङ्ग्रेजीमा एउटा यस्तो शब्दको रूपमा पेश गरिएको छ जसले जङ्गली भूमिको सन्दर्भलाई प्रस्ट पार्छ । अर्थात् जसलाई मानिसहरूले शिकारको लागि खोजेका थिए । यस भूमिमा रूखबिरुवाको कब्जा हुन वा नहुन पनि सक्छ ।

केही मानिस के पनि दाबी गर्छन् भने जङ्गल शब्द मध्यकालीन लैटिन शब्द ‘फोरेस्टा’ बाट लिइएको हो, जसको अर्थ प्रशस्त दाउरा हुन्छ । मध्यकालमा लैटिनमा यस शब्दको प्रयोग राजाको शाही शिकारको लागि प्रयुक्त भूमि भन्ने बुझिन्थ्यो । शाब्दिक अर्थ जे भए पनि हाम्रो सन्दर्भमा यो सबैका लागि महŒवपूर्ण छ ।

विश्वमा वनलाई कैयौं श्रेणीमा विभाजित गरिएको छ । हाम्रो देश नेपालमा पाँच प्रकारका वन पाइन्छ–
(१) उष्ण प्रदेशीय सदाबहार जङ्गल ः यो समुद्र सतहभन्दा १२०० मीटरको उचाइमा पाइन्छ । वर्षभरि बढी वर्षा र गर्मी हुने भएकोले यहाँ सधैं हरियो देखिने सदाबहार वनस्पति पाइन्छ । जस्तै साल, सिसौ, खयर, जामुन, बाँस, बरगद, पीपल आदि । यहाँका रूख अग्ला र कडा हुन्छन् । यहाँ पाइने काठको प्रयोग भवन निर्माण, पुल निर्माण, रेल्वे स्लीपर आदि बनाउन प्रयोग गरिन्छ ।

(२) पतझर मौसमी जङ्गल ः यो १२०० देखि २१०० मीटरको उचाइमा पाइन्छ । यहाँ ग्रीष्ममा बढी गर्मी र वर्षा र हिउँदमा चिसो र सुख्खा हावापानी पाइन्छ । यहाँ ५ महीना जाडो र ५ महिना गर्मी हुने भएकोले वर्षमा एकपटक रूखहरूको पात झर्ने गर्दछ । यस कारण यसलाई पतझर जङ्गल भनिन्छ । तल्लो तहदेखि नै रूखहरूका पात ठूला र हाँगाहरू धेरै हुन्छ । रूखहरू प्रायः सोझो हुन्छ । काठहरू मध्यम खालका भएकोले आर्थिक दृष्टिले कमजोर हुन्छन् । यस्ता काठहरू प्रायः फर्निचर बनाउन प्रयोग गरिन्छ । यहाँ लालीगुराँस, ओखर, मेपल, ओक जस्ता रूखहरू प्रशस्त मात्रामा पाइन्छ ।

(३) समशीतोष्ण कोणधारी जङ्गल ः यो २१०० मीटर देखि ३३०० मीटरको उचाइमा पाइन्छ । यहाँको हावापानी ज्यादै चीसो र थोरै वर्षा हुने खालको हुन्छ । वर्षभरि चीसो हावापानी पाइने हिमाली क्षेत्रमा हिउँबाट बच्न चुच्चो आकार भएको हरियो कोणधारी वनस्पति पाइन्छ । यस क्षेत्रमा धुपी, सल्ला, देवदार आदि जातका रूख पाइन्छ । काठ नरम हुने भएकोले सलाई, फर्निचर र कागज उद्योगमा प्रयोग गरिन्छ ।

(४) लेकाली तृणभूमि ः ३३०० देखि ५००० मीटरको उचाइमा झाडी–बुट्यान भएको ठाउँलाई लेकाली तृणभूमि भनिन्छ । यस क्षेत्रमा बा¥है महीना चीसो र सुख्खा हावापानी पाइन्छ । यहाँ प्रशस्त मात्रामा जडीबुटी पाइन्छ ।

(५) टुन्ड्रा वनस्पति ः ५००० मीटरभन्दा माथि पाइने वनस्पतिलाई टुन्ड्रा वनस्पति भनिन्छ । यो क्षेत्र सधैं हिउँले ढाकिएको हुँदा काइ र लेऊ मात्रै पाइन्छ । यहाँ रूख पाइँदैन । यस कारण यसलाई वनस्पतिविहीन क्षेत्र पनि मान्न सकिन्छ ।

भनिन्छ वन, प्रकृति र मानव सृष्टि सन्तुलनको मूल आधार हो । वन परिस्थिति तन्त्रको एउटा महŒवपूर्ण अङ्ग हो । वन संरक्षण र रूखबिरुवा हुर्काउने कुरामा जहिले पनि जोड दिइन्छ, तर पनि हाम्रो देशमा खुलेआम वन फडानी भइरहन्छ । भिन्न–भिन्न प्रकारका फल, फूल, वनस्पति, वनमा पाइने औषधि र जडीबुटी प्राप्त गर्ने स्थल वन हो । यसले धर्ती र पहाडलाई क्षयीकरणबाट जोगाउँछ ।

यो पानी पर्ने कारण पनि हो सँगसँगै कैयन प्रकारका चराचुरूङ्गी र जनावरहरूको वासस्थल पनि। यसले गर्मीमा जहाँ शीतल छाया प्रदान गर्छ, त्यहीं गरीबहरूको इन्धनको आवश्यकता पूर्ति पनि गर्दछ । हावासँगै वातावरणको सफाइ र वन भएर बग्ने नदीहरूलाई सुख्नबाट जोगाउने काम पनि गर्दछ । नेपालका धेरैजसो मानिस प्रत्यक्ष वा अप्रत्यक्षरूपले वनमा निर्भर छन् । वन संरक्षणका लागि विश्वभरि करीब १० मिलियन मानिस कार्यरत छन् ।

प्राचीनकालदेखि हालसम्म वनको उपयोगिता जस्ताको त्यस्तै छ र भविष्यमा पनि यस्तै रहन्छ । विडम्बना के छ भने मानिस शिक्षित भए तापनि निरन्तर वन फडानी गरेर प्रकृति, धर्ती र मानवताबीच रहेको सन्तुलान तहसनहस गरिरहन्छ । आफ्नो निहित स्वार्थ पूर्तिका लागि मानिस वनको संरक्षण र संवद्र्धन नगरी भावी पुस्ताका अभिशाप बनिरहेको छ ।

जीवनलाई अमृत दिन समर्थ धर्तीलाई सुख्खा र निर्जीव बनाउन चाहन्छ । यदि वन रहन्छ भने चाहिए जति वर्षा हुन्छ, नदी र खोलानाला प्रवाहित हुन्छन्, पहाड र धर्तीको क्षयीकरण हुँदैन । सुख्खा, बाढी र भूकम्पजस्ता आपदाहरूसँग जोगिन सकिन्छ । निश्शुल्क प्राप्त हुने अक्सिजन आज पैसा तिर्दा पनि अभाव हुनु वन फडानीकै नतीजा हो । वन संरक्षित भयो भने लुप्त भइरहेको खनिज सम्पदा पनि जोगिन्छ ।

वनबाट हुने प्रत्यक्ष लाभ जस्तै– वास, गाँस, कपास सबैलाई थाहा छ । आफ्नो सुख–सुविधाका लागि मानिसले वन आधारित कैयन उद्योग–धन्धा सञ्चालन गरेका छन् । वन फडानी गरेर मानिसले खेती गर्ने लायक जमीन र बस्ती बनाएको प्रत्यक्ष देखिन्छ तर यसबाट प्राप्त हुने अप्रत्यक्ष लाभ थोरैलाई थाहा छ ।

वन प्राणीमात्रको असल साथी हो । श्वास मानिसको जीवन हो । श्वास लिंदा अक्सीजन हाम्रो हृदयमा पुग्छ र श्वास फेर्दा कार्बनडाइअक्साइड बाहिर निस्किन्छ । यस प्रक्रियामा रूखले हामीलाई सघाउँछ । उसले प्राणवायु अक्सीजन हामीलाई दिन्छ र हाम्रो लागि हानिकारक कार्बनडाइअक्साइड स्वयं ग्रहण गर्दछ ।

रूखको अभावमा आक्सीजन घट्न थाल्छ र मानिसको अस्तित्व सङ्कटमा पर्छ । रूखले बादललाई आफूतिर आकर्षित गर्छ र पर्याप्त वर्षा हुन्छ । यसैगरी दूषित वायुलाई स्वयं ग्रहण गरी त्यसबाट हुने रोगहरूबाट मानिसलाई जोगाउँछ । यस कारण वनको संरक्षण हाम्रो प्रमुख कर्तव्य हो ।

वनफडानी कोही एकको समस्या नभई सामूहिक समस्या हो । यदि समयमैं यसको समाधान गरिएन भने सम्पूर्ण मानव जाति सखाफ हुन सक्छ । वनफडानी गरेपछि त्यहाँ पुनः रूख रोप्ने चलन छैन । विकासको नाममा वनफडानी गर्नु मूर्खताबाहेक केही होइन । तथ्याङ्कले के देखाएको छ भने औद्योगिक युगको आरम्भपछि विश्वका करीब आधा जङ्गल नष्ट भइसकेको छ।

जनसङ्ख्या विस्फोटका कारण भविष्यमा यो सङ्ख्या झन् बढ्ने सम्भावना छ । नेपालमा पनि तराईको धन ‘चारकोसे झाडी’को अन्तर्राष्ट्रिय विमानस्थलको नाउँमा फडानी गरिंदै छ । वन फडानीले पर्यावरणमा नकारात्मक प्रभाव पर्दछ । भूक्षय, जलचक्रमा विघटन, जलवायु परिवर्तन, जैविक विविधतामा ¥हास वन फडानीको ज्वलन्त परिणाम हो ।

वन फडानीमा रोक लगाइएन भने यसले थेग्नै नसक्ने रूप धारण गर्न बेर लगाउँदैन । बढ्दो जनसङ्ख्याको उदरपूर्तिका लागि कृषियोग्य भूमिका लागि वन फडानी आम कुरो हो । बुझ्नुपर्ने कुरो के हो भने वन फडानीको कृषिमाथि विपरीत प्रभाव पर्दछ । वन जीवनको लागि महŒवपूर्ण छ भन्ने कुरा जबसम्म हामी बुझ्दैनौं, वन फडानी रोक्न असम्भव छ । वन फडानी रोकेर आउँदो पुस्तालाई गतिलो वर्तमान र उज्ज्वल भविष्य दिन सकिन्छ ।

चिन्ताको विषय के हो भने वन फडानीको गति वृक्षारोपणभन्दा धेरै तीव्र छ । यस स्थितिलाई बुझ्न आवश्यक छ । हाम्रो हिन्दूशास्त्रमा एउटा रूख रोप्नु भनेको एउटा यज्ञ पूरा गर्नु भनिएको छ । वनको प्रत्यक्ष र अप्रत्यक्ष लाभलाई बुझेर वन संरक्षण गर्नु हाम्रो कर्तव्य हो । एक्काइसौं शताब्दीमा वन विनाशबाट हुने खतरालाई विज्ञानले पनि बुझेको छ ।

यस कारण आधुनिक वैज्ञानिकले विश्वका हरेक सरकारलाई वन संरक्षण गर्ने सल्लाह दिन्छन् । हाम्रो सरकार भने यसप्रति लापरवाह देखिन्छ । लाग्दछ, हाम्रो सरकारलाई हाम्रो होइन कुर्सीको मात्र चिन्ता छ । वन फडानीबाट केही सीमित मान्छेलाई मात्र लाभ हुन्छ, तर अप्रत्यक्ष हानि सबैलाई भइरहेको छ । यस कारण वन संरक्षण आवश्यक छ । साथै वृक्षारोपण र त्यसको प्रवद्र्धनमा पनि ध्यान दिनुपर्ने हुन्छ । यस विश्लेषणबाट के प्रस्ट हुन्छ भने वन संरक्षण कति आवश्यक, कति महŒवपूर्ण र मानव सृष्टिको हकमा कति उपयोगी छ वा हुन सक्छ ।

वन मानव जातिको लागि वरदान हो । वन प्रकृतिको सुन्दर सिर्जना हो । नेपाललाई विशेषरूपले वनको आशीर्वाद प्राप्त छ । यो चरा र जनावरहरूको दुर्लभ प्रजातिको वासस्थान हो । बाल्यकालदेखि नै वनको महŒव बुझ्न र बुझाउन जरूरी छ । नेपाल सरकारले वन फडानी नियन्त्रण गर्न बेर गर्नुहुँदैन ।

वृक्षारोपण संसारको सबैभन्दा पुण्य कार्य हो किनभने यसबाट कैयन जीवको उद्धार हुन्छ । वन पर्यावरण सन्तुलनको प्रमुख घटक हो । सुखी र समृद्ध नेपाल बनाउन, मानिसलाई रोग र प्रदूषणबाट जोगाउन रूखको सङ्ख्या वृद्धिबाहेक विकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here