बढी भाडा लिने २३ वटा बस, टाटासुमोलाई कारबाई

0
88

प्रस, वीरगंज, ५ साउन/

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैया, बाराले सोमवार ११ वटा बस र १२ वटा टाटासुमोलाई यात्रीसँग बढी भाडा लिएको कसूरमा कारबाई गरेको छ ।

कार्यालयका सूचना अधिकृत प्रनाउ सन्तुलालप्रसाद जैसवारले पर्सा, बारा, रौतहट, सर्लाहीबाट काठमाडौं जाने सवारीसाधनहरूले यात्रीसँग बढी भाडा लिएको गुनासोको आधारमा चेकजाँच गर्दा ११ वटा बस र १२ वटा टाटासुमो कारबाईमा परेको र २२९ जना यात्रीको रु ४७ हजार ४९५ बढी भाडा फिर्ता गराइएको बताए ।

उनले प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले २० वटा सवारीसाधन र जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाहीले तीनवटा सवारीसाधन चेकजाँच गर्दा बढी भाडा लिएका यात्रीहरूको रकम फिर्ता गराइएको र सवारीसाधनलाई जरिवाना गरी छाडेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here