यातायात व्यवस्था कार्यालयले १ अर्ब १५ करोड राजस्व बढी सङ्कलन

0
78

प्रस, परवानीपुर, ४ साउन/

यातायात व्यवस्था कार्यालय (सवारी) वीरगंजले गत आव २०७७/७८ मा रु १ अर्ब १५ करोड ९२ लाख ९२ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयले अघिल्लो आव २०७६/७७ भन्दा रु १७ करोड १ लाख १६ हजार रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालय (सवारी) का प्रमुख कुशेश्वर साहका अनुसार आव २०७६/७७ मा कार्यालयले रु ९८ करोड ९१ लाख ७६ हजार राजस्व सङ्कलन गरेको थियो ।

गत आव २०७७/७८ मा सवारीसाधन करतर्फ रु ९४ करोड ७ लाख ५१ हजार, चालक अनुमतिपत्र/सवारी दर्ता किताब शीर्षकतर्फ रु १५ करोड ५९ लाख ५९ हजार, यातायात क्षेत्रको आम्दानी शीर्षकमा रु ६ करोड ३५ लाख ३० हजार र प्रशासनिक दण्ड–जरिवाना–जफततर्फ रु ५० हजार ७ सय गरी कुल रु १ अर्ब १५ करोड ९२ लाख ९२ हजार राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here