कृषि सामग्रीमा मलको मौज्दात थोरै

0
92

प्रस, वीरगंज, ५ साउन/

कृषि सामग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय, वीरगंजले युरिया, डिएपी, पोटास मल केही मात्रामा सञ्चित रहेको जनाएको छ ।

युरिया ६ हजार २७ मेट्रिक टन, डिएपी ६ हजार ५०५ मेट्रिक टन र पोटास ७०८ मेट्रिक टन सञ्चित रहेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए । आव २०७५/७६ मा युरिया ३ मेट्रिक टन, डिएपी ६८ मेट्रिक टन र पोटास ३३ मेट्रिक टन मौज्दात रहेको र गत वर्ष युरिया ६२ हजार ५४२ मेट्रिक टन, डिएपी ४३ हजार १६७ मेट्रिक टन र पोटास ४ हजार ६२१ मेट्रिक टन प्राप्त भएकोमा युरिया १० हजार ६६ मेट्रिक टन, डिएपी ५ हजार ३२९ मेट्रिक टन र पोटास ४८७ मेट्रिक टन बिक्री गरिएको उनले बताए ।

यसैगरी, कृषि चुनढुङ्गा भने मौज्दात नरहेको बताइएको छ । आव २०७५/७६ मा मौज्दात रहेको ८ मेट्रिक टन र गत वर्ष प्राप्त २१ मेट्रिक टन गरी २९ मेट्रिक टन सबै बिक्री भइसकेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here