ग्रामीण भेगमा भाइरल ज्वरोको प्रकोप

0
530

प्रस, बिरुवागुठी, ५ साउन/

पर्साको ग्रामीण भेगमा भाइरल ज्वरोको प्रकोप फेरि देखिएको छ । वैशाखमा देखा परेको भाइरल ज्वरोको प्रकोप अहिले पुनः देखा परेपछि सबै उमेरका मानिस प्रभावित भएका छन् ।

भाइरल ज्वरोले बच्चा, युवा, वृद्धवृद्धालगायत सबै उमेर समूहलाई सताएको छ । ग्रामीण भेगमा रहेका स्वास्थ्यचौकी, निजी क्लिनिकमा बिहानैदेखि उपचार गराउनेहरूको भीड लागेको देखिन्छ ।

पर्सागढी नगरपालिका–३ निवासी दामोदरी दहालले घरका एकजना सदस्यमा भाइरल ज्वरो आउने बित्तिकै अर्का सदस्यमा सर्ने गरेको बताइन् । राम हेल्थ क्लिनिकका स्वास्थ्यकर्मी रामबाबू साहले आफ्नो क्लिनिकमा उपचारको लागि आउने अधिकांश बिरामीमा टाउको दुख्ने, वाकवाकी लाग्ने, घाँटी सुक्ने, एक सयदेखि १०४ डिग्रीसम्म ज्वरो आउने, कमजोरी महसूस हुने आदि लक्षणहरू देखिएको बताए ।

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेपछि ग्रामीण भेगका स्थानीयहरू त्रासमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here