खेलकूद प्रशिक्षक नियुक्त

0
47

काठमाडौं, ५ साउन/रासस

नेपाली राष्ट्रिय महिला फूटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन अखिल नेपाल फूटबल सङ्घ (एन्फा)ले भगवती रानामगर, अरुणा गुरुङ र चेतन घिमिरेलाई नियुक्त गरेको हो ।

उनीहरूलाई एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीसम्मको लागि नियुक्त गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । गोलकीपर प्रशिक्षकको जिम्मेवारी भने प्रकाश वैद्यलाई दिइएको छ ।

बन्द प्रशिक्षणका लागि ४५ खेलाडीलाई बोलाइएको छ । उनीहरूले सोमवारदेखि अभ्यास शुरू गरेका छन् । बन्द प्रशिक्षणमा अञ्जना रानामगर, एन्जिला सुब्बा, उषानाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरू लिम्बू, अनिता बस्नेत र अनिता केसी सहभागी छन् ।

यस्तै, गीता राना, अञ्जली योञ्जन, प्रीति राई, निशा थोकर, सिर्जना चेमजोङ, हीरा भुजेल, रविना गोले, सुषमा तामाङ, पूनम जर्गामगर, कविता धिमाल, सुनिता चौधरी, विमला विक, दीपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा र इन्द्रा राई पनि बन्द प्रशिक्षणमा रहेका छन् ।

यसैगरी, अभ्यासमा सहभागी अन्य खेलाडीमा विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनीषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, शिवानी कुश्वर, सरस्वती हमाल, अमीशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी रानामगर र चुम्लुङमा राई रहेका छन् ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हड्ढङ रहेका छन् । उक्त समूहको छनोट खेल नेपालमा हुने एन्फाले जनाएको छ । एएफसीले छनोटका लागि भदौ २८ देखि असोज ९ गतेको समय तय गरेको छ । समूहको शीर्ष टोलीले आगामी वर्ष भारतमा हुने एशियन कपमा प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here