प्रधानमन्त्री देउवालाई जसपाको समर्थन

0
62

काठमाडौं, ३ साउन/रासस

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने स्पष्ट गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वास मतका लागि पेश गरेको प्रस्तावमाथिको छलफलमा उनले नेपाली काङ्ग्रेसले मतका लागि गरेको लिखित पत्राचारका आधारमा पार्टीले समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले उठाएका केही विषय सम्बोधन गरेको स्मरण गर्दै उनले विगतका सरकारले मधेस आन्दोलनका सम्बन्धमा भएका सहमति कार्यान्वयन नभएकाप्रति गम्भीर ध्यानाकर्षण गराए ।

सोही दलका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानको भावनाविपरीत प्रतिनिधिसभा पटकपटक विघटन गर्ने कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो तुल्याउन नसक्ने धारणा राखे । उनले भने, “सर्वाेच्चको फैसलाले देश र सबै नागरिकको हित गरेको छ, त्यसको सम्मान गरौं, संरक्षण गरेर अघि बढौं । जनताको सार्वभौमस्थल प्रतिनिधिसभालाई नमान्नेविरुद्ध निर्णय आएको छ ।”

गत पुसदेखि जेठसम्ममा भएका निर्णय मुलुक र लोकतन्त्रविरुद्धमा गएपछि अदालतले त्यसलाई रोक्न सफल भएको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले दलहरू एक ठाउँमा उभिएर संविधान र लोकतन्त्रलाई बचाउने कार्यमा योगदान पु¥याउन आग्रह गरे ।

मधेस मुद्दालाई सत्तामा चढ्ने भ¥याङ नबनाउन सुझाव दिंदै उनले सहमति कार्यान्वयनमा इमानदार हुन सरकारसँग आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here