२४९ हेक्टर वनको जग्गामा अतिक्रमण

0
69

प्रस, परवानीपुर, १ साउन/

पर्साको राष्ट्रिय वनको २४९ हेक्टर जग्गा अतिक्रमित रहेको डिभिजन वन कार्यालय पर्साले जनाएको छ ।

डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँले ३८१ हेक्टर जग्गा अतिक्रमित रहेकामा तीन वर्ष अवधिमा १३२ हेक्टर अतिक्रमित जग्गा खाली गराइ वृक्षारोपण गरिएको बताए । उनले अझै २४९ हेक्टर जमीन अतिक्रमणमा परेको जानकारी गराएका छन् ।

पर्सा जिल्लाको कुल क्षेत्रमध्ये ५६ प्रतिशतमा वन रहेको डिभिजन कार्यालयको तथ्याङ्क छ । कुल ७७ हजार ५ सय हेक्टर क्षेत्रफलमा वन रहेकोमा ६६ हजार हेक्टर वन पर्सा राष्ट्रिय निकुञ्जमा पर्छ ।

आधाभारदेखि रामभौरीभाठासम्म उत्तरतर्फ निकुञ्जको क्षेत्र पर्छ भने दक्षिणतर्फ डिभिजन वन कार्यालयको कार्यक्षेत्र पर्छ । जसमध्ये डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा ११ हजार ५ सय हेक्टर जग्गामा भएको वनक्षेत्र पर्छ । त्यसैमध्ये ३८१ हेक्टर वन अतिक्रमणमा परेको थियो ।

आव २०७५/७६ देखि हालसम्म करीब १३२ हेक्टर जग्गा अतिक्रमणमुक्त गराइएको छ । सबैयामा अतिक्रमणमुक्त गरिएको २७ हेक्टर जग्गामा उखुखेती भइरहेको थियो ।

यसैगरी, झाबराहामा रहेको २० हेक्टर अतिक्रणमुक्त जग्गामा तरबारसहित वृक्षारोपण गरिएको छ ।

गत वर्ष बसन्तपुर–गादीमाई साझेदारी वनको अन्तर्गतको २५ हेक्टर जग्गा अतिक्रमणमुक्त गराइएको थियो भने मनवामा ६० हेक्टर जग्गा अतिक्रमणबाट मुक्त गरी वृक्षारोपण गरिएको थियो ।

वन अतिक्रमण रणनीति–२०६८ अनुसार जिल्लामा वन अतिक्रमण नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल हुन्छ, त्यसैले अतिक्रमण हटाउने गर्छ । वन ऐन २०७६ मा वनक्षेत्र भोगचलनको आधारमा दर्ता गराउन मिल्दैन, गराएमा बदर हुन्छ भनी स्पष्ट उल्लेख भए तापनि सुकुमबासीको नाममा वनक्षेत्र अतिक्रमण हँुदै आएको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगको व्यवस्थामा कानून बाझिने व्यवस्था उल्लेख भएकोले अतिक्रमण हटाउन समस्या हुने गरेको छ ।

आयोगमा प्रचलित कानूनमा जेसुकै लेखिए पनि अभिलेखमा वन जनाए पनि रूखबिरुवा नभएको ठाउँ सुकुमबासीलाई दिने भनेर उल्लेख भएकोले जसले पायो त्यसले वनको क्षेत्र कब्जा गरी घरटहरा तथा खेतीपाती गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here