मार्शल आट्र्स फेस्टिभलमा वाग्मती प्रदेश विजयी

0
55

प्रस, वीरगंज, १ साउन/

निजगढ नगरपालिकामा आयोजित निजगढ सिटी क्लब मार्शल आट्र्स फेस्टिभलमा वाग्मती प्रदेश विजयी भएको छ ।

असार २९–३१ गतेसम्म निजगढ नपा–२ सिंगौलमा भएको सो फेस्टिभलमा पुरुष खुला आइटिएफ तेक्वान्दोमा वाग्मती प्रदेशका निराजन दिम्बम र महिला खुला फुल कन्ट्याक्ट कराँतेमा तारा घलान विजयी भएका थिए ।

स्वर्ण पदक विजेता दुवै खेलाडीलाई जनही ५०/५० हजार नगदबाट पुरस्कृत गरिएको थियो ।
यसैगरी, आइटिएफ तेक्वान्दोतर्फ प्रदेश नं १ का मिसन तामाङले रजत पदक जितेर २५ हजार नगद हात पारे भने प्रदेश १ कै आशिष श्रेष्ठले कास्य पदक जितेर १० हजार नगद पाए ।

यसैगरी, फुल कन्ट्याक्टतर्फ २ नं प्रदेशकी निसिदा आलेले रजत जितेर २५ हजार नगद पाइन् भने प्रदेश नं २ कै स्नेहा महतो र वाग्मती प्रदेशकी सोनु तामाङले कास्य जितेर १०/१० हजार नगद पाए ।

प्रतियोगितामा सातै प्रदेश सहभागी रहेको नेपाल तेक्वान्दो महासङ्घका अध्यक्ष्F दिनेश शर्माले बताए ।

फेस्टिभलमा मनोरञ्जन विधा समावेश गरिएको र ८०० मिटर बुहारी दौडमा निजगढ–२ सिंगौलकी अञ्जु घिसिङ प्रथम भएर १५ हजार नगद पाइन् भने सोही वडाकी मीनकुमारी शाही द्वितीय भएर १० हजार तथा निजगढ–३ सिंगौलकी पूर्णिमा थिङ तृतीय भएर ५ हजार पाए ।

नेपाल तेक्वान्दो महासङ्घको आयोजनामा नेपाल राष्ट्रिय मार्शल आट्र्स गेम्स महासङ्घको तŒवावधान र निजगढ नगरपालिकाको सहयोगमा प्रतियोगिता सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here