वर्षाले हरियो तरकारीको मूल्य आकाशियो

0
126

प्रस, बिरुवागुठी, १८ असार/

वर्षाको कारण हरियो तरकारीको मूल्य आकाशिएको छ । निरन्तर परिरहेको पानीले हरियो तरकारीखेती प्रभावित भएकाले अहिले मूल्यवृद्धि भएको हो । यहाँका हाटबजारमा हरियो खुर्सानी १६०, परवल १२०, रामतोरई, बन्दा रु १ सय प्रतिकिलो पुगेको छ भने घिरौला ६० र करैला रु ८० मा बिक्री भइरहेको छ । जेठमा यही हरियो तरकारी आधाभन्दा कम मूल्यमा बिक्री भएको थियो ।

पर्सागढी नगरपालिका–३ की लक्ष्मी सुवेदीले हरियो तरकारीको मूल्य छोइनसक्नुभएको बताइन् । पर्सागढीसँगै हरियो तरकारी जिल्लाभरि महँगो भएको छ । वीरगंज महानगरमा पनि हरियो तरकारीको मूल्य आकाशिएको छ । जिल्लाका विभिन्न स्थान र बारा जिल्लाबाट समेत महानगरमा हरियो तरकारी आउने गरेको थियो । तर अहिले वर्षाका कारण ग्रामीण क्षेत्रका सडक सञ्जाल प्रभावित भएपछि हरियो तरकारी महानगरमा कम आपूर्ति भइरहेकाले मूल्यवृद्धि भएको हो ।

असारको सुरुआतदेखि नै निरन्तररूपमा वर्षा भइरहेकाले हरियो तरकारीखेती गरेका किसानहरूको उत्पादन कम र माग बढी भएका कारण हरियो तरकारी दोब्बरभन्दा बढी महँगो भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here