बुद्ध र अष्टावक्रबीच केही समानता

0
119
  • सञ्जय मित्र

समयक्रममा बुद्धभन्दा अष्टावक्र पहिलेका हुन् किनभने अष्टावक्रको सम्बन्ध राजा शिरध्वज (जनक)सित रहेको मानिन्छ, जुन शास्त्र अनुसार त्रेतायुगको समय हो र भगवान् बुद्धको समय चाहिं यसरी हेर्दा कलियुगको समय रहेको मानिन्छ । भगवान् विष्णुका दश प्रमुख अवतारमध्ये अहिलेसम्मको नवौं अवतार बुद्धावतारलाई हिन्दू शास्त्रहरूले स्वीकार गरेका छन् भने यिनै अवतारमध्येका एक रामावतारको समयमा शिरध्वज जनक थिए ।

युगको अन्तराल भएपनि र दुई पात्रबीच दैहिक वा यान्त्रिक भेटघाट नभए पनि कहिलेकाहीं वैचारिक समानता हुने गरेको छ । यस्तो विचार सम्पूर्णरूपले एकै हुनुपर्छ भन्ने होइन तर केही महत्वपुर्ण विचार मिल्न जानु पनि सयोग नै मान्नुपर्दछ । हुनत अष्टावक्र र बुद्धको पारिवारिक पृष्ठभूमि नितान्त फरक पृथक परिवेशका देखिन्छन् । अष्टावक्र ऋषिपुत्र थिए । उनका पिताको कहोड मुनि र माताको नाम सुजाता थियो ।

सुजाताका पिता उद्दालक ऋषि वेद–वेदाड्डमा पारड्डत थिए । उनले छोरी सुजाताको लागि यस्तै योग्य वर चाहेका थिए, जुन आफ्नै शिष्य कहोडमा पाएका थिए । कहोडको अनुशासनप्रियता, प्रत्युत्पन्न बुद्धि, वेद–वेदाड्डमाथि शास्त्रार्थ गर्ने अद्भुत क्षमता तथा सेवाभावादिबाट प्रभावित थिए । यसैले आफ्नै शिष्य कहोडमुनिसित प्रसिद्ध ऋषि उद्दालकके आफ्नी रूपवती, गुणवती, सुशील तथा धर्मपरायण पुत्रीको विवाह गरिदिएका थिए । छोरी र ज्वाइँलाई आफ्नै आश्रममा राखेका ऋषि उद्दालकको आलोकबाट अष्टावक्र पनि आलोकित थिए ।

भगवान् बुद्धको बारेमा सबैलाई थाहा छ । कपिलवस्तुका महाराज शुद्धोधनका ज्येष्ठ सुपुत्र सिद्धार्थ गौतम युवराज घोषणा भइसकेपछि देवदह (देवधा ?) की राजाकी पुत्री यशोधरासित बिहे भएको थियो । सिद्धार्थ र यशोधराका एक पुत्र राहुल थिए । युवराज सिद्धार्थ मुख्यतः ज्ञानका तिर्खालु थिए । बाल्यकालमा कतिपयले उनलाई जिस्क्याएर सिद्धार्थ गौतम नभनी प्रश्न कुमार भन्ने गर्दथे रे । त्यस युगका प्रकाण्ड विद्वान्हरूबाट घरमैं शस्त्र, शास्त्र र राजनीति आदि सबै किसिमका शिक्षा अत्यन्त अल्प समयमा प्राप्त गरेका सिद्धार्थ गौतमका गुरुहरू दुई कुराबाट आश्चर्यचकित हुन्थे ।

पहिलो कुरो थियो, तुरुन्त सिक्ने । संस्कृतका कठिनभन्दा कठिन श्लोक एकपटक सुनेपछि कण्ठाग्र हुन्थ्यो र त्यसलाई मौलिक किसिमले अथ्र्याउन सक्थे सिद्धार्थ । दोस्रो थियो, शास्त्रसम्बद्ध अनौठा प्रश्न । सिद्धार्थ यस्ता प्रश्नहरू गर्दथे कि कतिपय अवस्थामा सामान्य मानिसको कल्पनाभन्दा बाहिरको हुन्थ्यो ।

अष्टावक्रको तुलना सिद्धार्थसित गर्न सकिंदैन । गर्नु पनि हुँदैन । सिद्धार्थ गौतम हिन्दू र बौद्ध धर्मावलम्बी दुवैका आराध्य देव हुन् । हिन्दूहरू सिद्धार्थ गौतमको जुन रूपलाई भगवान् बुद्ध वा विष्णुको अवतारको रूपमा पूजा गर्दछन्, त्यो रूपलाई सम्पूर्ण हिन्दू शास्त्रले मान्यता दिएको छ । अझ दर्जनौं देशमा भगवान् बुद्धलाई राष्ट्रदेव मानिएको छ । भगवान् बुद्धको पूजा परमेश्वरको रूपमा गरिन्छ । भगवान् बुद्धको समीपमा अष्टावक्रलाई राख्न खोजेको पनि होइन तर अष्टावक्रको केही विचार भगवान् बुद्धको विचारसित मेल खान्छ भन्न खोजिएको हो ।

अष्टावक्र पनि जनकको दरबारमा शास्त्रार्थ गर्ने सामथ्र्य राख्दथे । प्रत्युत्पन्न मतिका अष्टावक्र पनि शास्त्रहरूमाथि आँखा चिम्लेर विश्वास गर्दैनथे । अष्टावक्रले एकपटक भनेका थिए– शास्त्रका शब्दहरू केवल शब्द हुन्, अर्थ त ज्ञानले लगाउने हो । शब्दलाई ज्ञानको अर्थले जीवन दिनुपर्छ । र कुन अर्थमा कसरी तथा किन ती लेखिए, त्यति बेलाको सम्पूर्ण परिस्थिति नबुझी तत्काल आफ्नै मतिले अर्थ लगाउने हो भने धेरै फरक पर्न जान्छ । ती शब्द वा वाणीमाथि न्याय हुँदैन । शास्त्रलाई मान्नुको अर्थ यो होइन कि शास्त्रमाथि अन्याय गर्नुपर्छ । शास्त्रको वचनलाई जथाभावी अर्थ लगाउनु भनेको शास्त्रलाई मान्नुभन्दा शास्त्रमाथि अन्याय गर्नु हो । यस कारण शास्त्रको वचनलाई कसैले कसरी अथ्र्याउँछन् र त्यही अर्थमा मान्न लगाउँँछन्, त्यसलाई म अस्वीकार गर्दछु ।

गृहत्याग गर्नुअघि सिद्धार्थ गौतम पनि धेरै शास्त्रीय मतप्रति सहमति जनाउँदैनथे । जातपात र छुवाछूतप्रति घोर असहमति जनाउँथे । धर्मप्रति अत्यन्त श्रद्धाभाव राख्दथे, पूजामा पनि सहभागी हुन्थे तर बलिप्रथाको भने घोर विरोध गर्दथे । कुनै पनि चराको पनि हत्या उनी मन पराउँदैनथे । सिद्धार्थको सम्बन्धमा एउटा प्रसड्ड रहेको छ । आफ्ना काकाका छोरा देवदत्त र अन्य साथीहरूसित बगैंचामा खेल्न निस्केका बालक सिद्धार्थको अगाडि एउटा हाँस खस्यो, हाँस घाइते थियो । बोल्ने प्रयास गर्दै हाँस मुख बाइरहेको थियो ।

नजीकैबाट पानी ल्याएर सिद्धार्थले हाँसलाई पानी खुवायो अनि आफूसँगै लिएर आएर उपचार ग-यो । सिद्धार्थले आफ्नो आखेट लगेको देवदत्तलाई लागेको थियो । देवदत्तले सिद्धार्थसित आखेट माग्यो । सिद्धार्थले घाइते हाँस देवदत्तलाई दिन मानेनन् । त्यत्तिखेर न्यायसभा चलिरहेको थियो । देवदत्त सीधैं न्यायसभामा पुगेर आफ्नो तर्क राखे– “मेरो आखेटमाथि सिद्धार्थले बलजफ्ती अधिकार गरेको छ । मैले माग्दा पनि दिएनन् । म उनको दाजु हुँ । मेरो आदेशलाई पनि मानेनन् ।”

न्यायसभामा सिद्धार्थको तर्क रह्यो– “यो हाँस घाइते अवस्थामा मेरोअगाडि खस्यो, आकाशबाट । मैले पानी दिएँ । यसलाई लिएर मेरो आफ्नो कक्षमा आएँ र औषधि दिएको छु । यसलाई मैले मारेको होइन, मैले बचाएको हुँ । मलाई के लाग्छ भने कुनै जीवमाथि मार्नेभन्दा बचाउनेको अधिकार हुनुपर्छ ।” 

न्यायसभा स्तब्ध भयो । आखेटमाथिको दाबी पनि उचित थियो र मार्नेभन्दा बचाउने ठूलो हुने तर्क पनि शास्त्र र न्यायसम्मत थियो । उपाय के निकालियो भने हाँसमाथि नै यो निर्णय छोड्नुपर्छ । हाँसलाई स्वतन्त्र छोडौं र जुन राजकुमारतिर हाँस जान्छ, उसैको अधिकार कायम हुन्छ । हाँस सिद्धार्थतिर गयो र सिद्धार्थ गौतमले उपचार गराएर निको भएपछि उडाइदिए ।

बुद्ध र अष्टावक्र दुवैजना जन्मजात कुशाग्र बुद्धिका थिए । दुवैजनाले एक किसिमले घरमैं शिक्षार्जन गरेका थिए । दुवैजना शास्त्रार्थका बेजोड प्रतिभा थिए । शास्त्रमा लेखिएका कुरालाई जस्ताको त्यस्तै स्वीकार गर्नुभन्दा दुवैजनाले मौलिक तर्क र अर्थ लगाउने क्षमता राख्दथे । आफ्नो व्याख्याले अगाडिका सबैलाई निरुत्तर बनाउँथे । कालान्तरमा अष्टावक्र शास्त्रार्थका कारण आफ्नो क्षेत्रका ज्ञानका प्रकाशवान् दीपक बन्न पुगे भने कालान्तरमा सिद्धार्थ गौतम भगवान् बुद्ध बन्न पुगे । उसो त सिद्धार्थ गौतमको जीवनी जन्मेदेखि नै चामत्कारिक देखिन्छ ।

भनिन्छ, सिद्धार्थ गौतम जन्मनासाथ सात पाइला हिंडेका थिए र सात पाइला टेकेको ठाउँमा सप्तदल कमल फुलेको थियो । सिद्धार्थको बाल्यकाल सुखमय बितेको थियो भने अष्टावक्रको बाल्यकाल पनि सुखमय बितेको थियो । के भनिन्छ भने अष्टावक्र जन्मिनुपूर्व नै शास्त्रार्थ गर्ने क्षमता राख्दथे । बाल्यकालमा नै एक दिन अचानक शिरध्वजको शास्त्रार्थसभामा पुगेका थिए, बालक अष्टावक्र । अष्टावक्रको शरीरलाई देखेर शास्त्रार्थसभामा उपस्थित सबैको हाँसो छुटेको थियो र बालक अष्टावक्रले शास्त्रार्थसभाका सहभागीलाई चर्मकार (छालाको बेपारी वा छालाको काम गर्ने) भनी सम्बोधन गरेका थिए ।

बालकको यस्तो धृष्टताप्रति शास्त्रार्थसभा आक्रोशित भएको थियो र शिरध्वजले बालकलाई धृष्टताको कारण सोध्दा उनले बताएका थिए– मेरो गुणलाई नदेखेर मेरो हाड र छालाको शरीरलाई देखेर चिन्नेहरूको पेशा के हुनुपर्छ ? ज्ञानको कर्म गर्नेले ज्ञानलाई हेर्छ र हाडछालाको कर्म गर्नेले हाडछालालाई । बलजफ्ती शास्त्रार्थसभामा छिरेर शरीर र बुद्धि दुवैले आफूतिर सबैको ध्यानाकृष्ट गर्न पुगेका बालक अष्टावक्र कालान्तरमा आफ्नो विद्वताले सुपूजित बन्न पुगेका थिए ।

हिन्दू शास्त्रहरूमा जहाँ विद्वान्, ज्ञानी र पण्डितहरूको चर्चा चल्दछ, त्यहाँ अष्टावक्रको पनि प्रसड्ड आउँछ । भगवान् बुद्धका उपदेशहरू मुख्यतः त्रिपिटकलगायतका ग्रन्थहरूमा समेटिएका छन् । अष्टावक्रको ज्ञान समेटिएको कृति हो, अष्टावक्र महागीता । यो कृति पनि आफ्नो युगको ज्ञानको प्रकाश नै हो ।

महात्मा गौतम बुद्धलाई एशियाको तारा भनिन्छ । एशियाबाहिर पनि भगवान्को रूपमा बुद्धको पूजा हुन्छ । आफ्नो युगमा भौतिकवादी विचारधाराका कहलिएका बुद्धका अध्यात्म दर्शन पनि बेजोडको रहेको छ । आफूलाई नै ज्ञानी हुनुपर्ने ‘अप्पो दीपो भव’ भन्ने दृष्टिकोण बुद्धमा जति स्पष्ट पाइन्छ, यसको केही भाव अष्टावक्र महागीतामा पनि पाइन्छ ।

इतिहासमा महापुरुष र धर्ममा भगवान् भनेर पूजित सिद्धार्थ गौतमका उपदेश अर्थात् सन्देशहरू साँच्चै मानव मनलाई शान्ति दिने अमूल्य सम्पदा हुन् । हरेक मानवले बुद्ध र तिनको जीवनलाई बुझ्नुपर्छ, आफूलाई र आफ्नो ज्ञानलाई बुझ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here