सर्पदंशबाट महिलाको मृत्यु

प्रस, महोत्तरी, २३ असार/

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं ९ मा सर्पदंशबाट एकजना महिलाको मृत्यु भएको छ।

स्थानीय सुशील सहनीकी पत्नी २४ वर्षीया विभादेवी सहनीको मृत्यु भएको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन्।

मङ्गलवार राति करीब ९ बजे खाना पकाउने क्रममा सहनीलाई विषालु सर्पले डसेको थियो। उनलाई उपचारको लागि सदरमुकाम लैजाँदै गर्दा बाटोमैं मृत्यु भएको मृतकका पति सुशीलले बताए।