तीन थान निडिल कटर सहयोग

1
298

प्रस, वीरगंज, १६ असार

रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले रक्तसञ्चार केन्द्र वीरगंजलाई तीन थान निडिल कटर सहयोग गरेको छ।

क्लबका प्रोजेक्ट डाइरेक्टर अनिल जायसवाल र सदस्य गोकुल बस्नेतले रक्तसञ्चार केन्द्रकी संयोजक मधु राणालाई निडिल कटर हस्तान्तरण गरेको रेडक्रसका सहायक राजन श्रीवास्तवले बताए।

कार्यक्रममा रेडक्रसका कार्यवाहक मन्त्री साबिर अहमद एराज, रक्तसञ्चार केन्द्रका प्राविधिक सौरभराज पाण्डेलगायतको सहभागिता थियो। निडिल कटर रक्त सङ्कलनको क्रममा ब्यागमा प्रयोग गरिन्छ। सोको अभावमा अहिलेसम्म प्राविधिकले जोखिम उठाउँदै आएका थिए।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here