कौडी नही पास–मेला लगे उदास

0
93
  • कुमार रुपाखेती

मुलुकमा राष्ट्रिय सङ्कट छ, संविधानको मर्म र भावनाविपरीत काम भइरहेको छ भन्दै लामो समयदेखि ओलीका विपक्षीहरूले कोलाहल मचाउँदै आएको सबैलाई थाहै छ । न्यायालयबाट समेत कहिले ओली उत्साहित हुने र कहिले विपक्षी उत्साहित हुने खालका निर्णयहरू बाहिरिनाले समेत अन्योल थपिएको छ ।

र्य चिह्न र एमालेको हकदार ओली र ओलीले पुनर्गठन गरेका मन्त्रीहरू अवैधानिक भन्ने निर्णय पनि न्यायालयबाट विपक्षी झस्किने अवस्था सिर्जना भएको छ । महन्थ ठाकुरले ओलीलाई दिएको साथलाई धेरैले ‘अन्धेको अन्धा राह दिखाए, दोनो खड्डेमें गिरे’ भन्ने गरेका छन् । ‘कङ्गालीमें आटा गिला’ भनेको पनि यही हो ।

स्मरणीय छ कि अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई सहर्ष पदासीन गराउने प्रचण्ड र माधव नेपालहरू नै हुन् । तर कालान्तरमा ओलीले ‘अन्डे सेवे कोई, बच्चे लेवे कोई’को वातावरण सिर्जना गर्दै गएपछि यिनीहरूबीच फाटो बढ्दै गएको हो । हेक्का रहोस् भित्री आशय जेसुकै भएपनि देउवा, प्रचण्ड र माधव नेपाल सबै प्रधानमन्त्री पदका लोभीहरू हुन् ।

त्यसैले त माधवले पैतरा बदल्ने डरले विपक्षीहरू अचेल देउवाको स्थानमा माधवलाई पनि प्रधानमन्त्री बनाउन सक्ने आधारहरू छन् भन्न थालेका छन् । ‘अटका बनिया दे उधार’ भनेको यही हो अथवा यसलाई ‘पानीमे मछरी नौ नौ कुटिया’ पनि भन्न सकिन्छ ।

‘अल्प विद्या भयङ्कारी’ भन्ने त उखान नै छ । त्यसैले त देउवा, माधव र प्रचण्डहरूले आफ्नो सबैथोक एउटै दाउमा लगाएका छन् । एउटै दाउमा सबैथोक थाप्नेहरू कङ्गाल भएका थुप्रै उदाहरण छन् । उखान नै छ ‘आदमी आदमीमें अन्तर, कोही हीरा कोई कंकड ।’

एमाले त्यागेर विपक्षी गठबन्धनमा पस्ने माधव नेपालहरूलाई धेरैले ‘आए थे हरिभजनको ओटने लगे कपास’समेत भन्न थालेका छन् । ‘एक चुप हजार सुख’को नीति नलिनाले अहिले माधवहरू घरको न घाटको भएका छन् । ओलीले त माधवलाई ‘एक पापी सारी नाव डुबाए’को आरोप लगाउन थालेका छन् । ओलीले संविधानविपरीत काम गर्दै आएको लामै भइसक्यो । उनले नियुक्ति गरेका दर्जनौं मन्त्री बर्खास्त भएपनि उनको प्रधानमन्त्री पद कायम रहनुलाई आजकल देशमा ‘करे मुछोवाला, पकडा जाए दाढीवाला’ भन्न थालिएको छ ।

महन्थ, राजेन्द्र महतो समूहलाई त तराईमा अहिले ‘किया चाहे चाकरी, राखा चाहे मान’ भनिन्छ । कतिले त महन्थहरूलाई ‘चौबेजी गए छब्बे बन्ने, दुहे हि रह गए’ समेत भन्छन् । ओलीको अवस्था त अचेल ‘घरमें कोल्हू, तेली खाए सुखा’ झैं छ । जबसम्म नेताहरूले ‘गङ्गा गए तो गङ्गादास, जमुना गए तो जमुनादास’ रवैया त्याग्दैनन्, तबसम्म मुलुकबाट अन्योलको बादल फाट्ने देखिंदैन ।

हिन्दीमा एउटा उखान नै छ– गंजा होने पर हि बालोका महत्व पत्ता चलता है । देख्नुभएन अस्ति रघुवीर महासेठ, अनिल झाजस्ता नेतालाई जनताले ‘काम रहे तो काजी, न रहे तो पाजी’ झैं व्यवहार देखाए । भीड, लावालस्करसहित जिल्ला दौडाहामा पुगेका उनीहरू मन्त्री पद गुम्ने बित्तिकै भिजेको बिरालोझैं एक्लै लुरुलुरु राजधानी फर्किनुप-यो । ओलीको व्यवहार नै ‘कोठीवाला रोवे, छप्परवाला सोवे’ जस्तै भएकाले पनि यस्तो अवस्था सिर्जना भएको मानिन्छ । ‘करनी न खाक कि, बात करे लाख कि’ भनेको ओली नै हुन् । उखान नै छ– कमजोर सदा मार खाता है ।

‘कुएमें मेढकको, कुआँ जहान’ झैं ओली प्रधानमन्त्री बनेपछि यो पदलाई संसार ठान्न थालेका छन्, शायद उनी बाहिरी वातावरणबाट पूर्णतया अनभिज्ञ छन् । एउटा गीत छ– ‘झूट बोले कौवा काटे’ तर राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्म सबै झूटको पुलिन्दा बनेर हिंडेका देखिन्छन् । यस्ता कार्यहरूले झन्झन् अन्योल बढेको छ । संस्कृतमा एउटा श्लोक यस प्रकार छ–

मूर्ख शिष्योपदेशन दुष्टास्त्री भरेणे च ।
दुखितैः सम्प्रयोगेण पण्डितज्प्य बसीदलित ।।

अर्थात् मूर्ख शिष्यलाई उपदेश दिंदा, दुष्टलाई पत्नीका रूपमा स्वीकार्दा र दुःखदायी व्यक्तिसँग व्यवहार गर्दा बुद्धिमान्ले पनि दुःख पाउँछ । अहिले आमनागरिक कोरोनाको तेस्रो लहरको आक्रमणको त्रासमा छ । सहयोगमा प्राप्तबाहेक सरकारले कोभिड खोप खरीद गरेको छैन । कोभिडकालमा नेताहरू दुलो पसेको सबैले अनुभव गरेकै हुन् । एक विद्वान्ले संस्कृतमा भनेका छन्–

आतुरेण्यवसने प्राप्ते दुर्भिक्षे शत्रुसङ्कटे ।
राजद्वारे श्माशाने च यः तिष्ठति सः बान्धवः ।।

अर्थात् रोग लाग्दा, दुःख पर्दा, शत्रु सङ्कटमा, राजसभा र श्मशानमा जसले साथ दिन्छ, उही सच्चा मित्र हो । हाम्रा नेताहरू कहिले देश र जनताका सच्चा मित्रमा परिणत हुने हुन्, त्यो दैवले नै जानून् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here