वीरगंजका अस्पतालमा ३२२ जना सङ्क्रमितको मृत्यु

0
347

प्रस, वीरगंज, ३१ जेठ/

वीरगंजका अस्पतालहरूमा जेठ ३० गतेसम्म ३२२ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन्।

वीरगंजका एक दर्जनभन्दा बढी अस्पतालमा सङ्क्रमितहरूको मृत्यु सङ्ख्या ३२२ रहेकामा पर्सा जिल्लाका १३५ जना र अन्य जिल्लाका १८७ जना भएको सप्रजिअ पौडेलले बताए।

पर्सा जिल्लामा अहिले ११० जना सक्रिय सङ्क्रमित छन्। उनीहरूको उपचार अस्पतालमा भइरहेको छ। चैतको पहिलो सातादेखि वीरगंजका अस्पतालहरूमा सङ्क्रमितहरूको उपचार शुरू भएको हो।

दोस्रो लहरको कोरोना सङ्क्रमणमा पर्सा जिल्लामा ३३८२ जना सङ्क्रमित भएको उनले बताए।

यसअघि, पहिलो लहरको कोरोना सङ्क्रमणमा ३१८४ जना सङ्क्रमित भएका थिए भने ५६ जनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here