१३ थान मोबाइल बरामद

प्रस, रौतहट, २ जेठ/
जिल्ला प्रहरी कार्यालय, रौतहट मातहतको प्रहरी चौकीले अढाई लाख बराबरको भंसार चोरीको मोबाइल बरामद गरेको छ।

प्रहरी चौकी मठियाले इशनाथ नगरपालिका-४ लतमरीबाट १३ थान विभिन्न मोडल र कम्पनीको मोबाइल बरामद गरेको र सोको बजार मूल्य अढाई लाख पर्ने जिप्रका रौतहटले जनाएको छ ।

बरामद मोबाइल सम्बन्धमा आवश्यक कार्यवाही भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्