बेमौसमी वर्षाले किसानहरू चिन्तित

0

प्रस, पर्सागढी, ३१ वैशाख/

बेमौसमी वर्षाको कारण किसानहरू चिन्तित हुन थालेका छन् । नगदे बालीको मकैखेती गरेका किसानहरू बाली भिœयाउने बेला निरन्तर परेको वर्षाले चिन्तित भएका हुन् । तयार भइसकेको मकै भिœयाउने बेला पानी थामिने नाम नलिएको भन्दै एकजना मकै खेती गरेका किसानले चिन्ता जाहेर गरे ।

धान खेतीका लागि यो महीना खेत जोताइ गरी तयार गर्नुपर्नेमा पानीले गर्दा जोताइ प्रभावित भएको किसान जयकिशोर चौरसियाले बताए । गहुँबाली गरेका किसानहरूले बाली भिœयाइसकेपछि जग्गामा झारपात सुकेर मल बन्ने र जोताइपछि जेठको घाममा शत्रुजीवहरू मर्दछन् । तर पानीले जोताइ प्रभावित भएपछि चिन्ता बढेको उनले बताए ।

लगातारको वर्षाले हरियो तरकारीमा पनि हानि पुर्‍याएको छ ।

लगातारको वर्षाले पानी जमेर हरियो तरकारीलाई हानि पुर्‍याएको किसानहरूले बताएका छन् । तरकारी खेतीमा पानी जम्दा उत्पादन प्रभावित भएको उनीहरूको भनाइ छ । अहिले किसानहरूले करैला, बोडी, रामतरोई, लौका, घिरौला, खुर्सानी, फर्सी आदि हरियो तरकारी लगाएका छन् । यसैगरी वर्षा हुने हो भने यस वर्ष पनि लगानी डुब्न सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here