पूर्व प्रअ तिवारीको निधन

प्रस, वीरगंज, ३१ वैशाख/

वीरगंज महानगरपालिका-१३ निवासी पूर्व प्रधानाध्यापक जगन्नाथ तिवारीको ६८ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रवार बिहान सवा एघार बजे तिवारीको परवानीपुरस्थित स्पर्श मल्टिस्पेशलिटी अस्पतालमा निधन भएको छ ।

केही दिनदेखि कोरोना सङ्क्रमित भएर उनको उपचार भइरहेको थियो । स्वर्गीय तिवारी वीरगंज चिनी कारखानास्थित सिद्धार्थ माविका पूर्व प्रधानाध्यापक थिए । लामो समय शिक्षण पेशामा बिताएका उनी अहिले सेवा निवृत्त थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्