के हो खुशी ? कसरी हुने खुशी ?

0

राजेश मिश्र

भोजपुरीमा एउटा प्रसिद्ध लोकोक्ति छ ॅमन चङ्गा त कठौती में गङ्गा’ अर्थात् सकारात्मक सोच छ भने मूल्यवान् वस्तु खोज्न टाढा जानुपर्दैन । आफ्नै जीवनकालमा धेरै सकारात्मक सन्दर्भहरू हुन सक्छ । जसले खुशीका साथै ऊर्जा दिन्छ । जस्तै जागीर पाएको दिन, नियुक्तिपत्र पाएको दिन, सवारीसाधन खरीद गरेको दिन, कृषि उब्जनी राम्रो भएको वर्ष, असफलतापछि सफलता हासिल गरेको क्षण आदि । खुशीका विविध क्षण कोट्याउन किन खोजिएको हो भने, के तपाईंलाई ती खुशीका क्षणहरूको स्मरण छ ? आफ्नै जीवनकालका सुखद क्षणहरूको स्मरणले ऊर्जा र स्वप्रोत्साहन प्राप्त गर्न सकिन्छ । मानसिक अवचेतनलाई स्वच्छ राख्न मस्तिष्कमा भरिएका नकारात्मकताको सफाइ नितान्त आवश्यक छ।

प्रत्येक बिहान घरको सफाइ गरिन्छ । बजार र सडक आदि सार्वजनिक स्थानको सफाइ पनि दिनहुँ हुने गर्दछ । यसरी जम्मा भएका फोहर टाढा फाल्ने गरिन्छ । फोहर र दुर्गन्ध कसैलाई पनि मन पर्दैन । फोहरले रोगजन्य सङ्क्रमण फैलिने खतराप्रति मानव अवचेतन संवेदनशील हुँदै जानु सकारात्मक पक्ष हो । तर यी बाह्य सफाइ मात्र हो ।

आन्तरिक, अर्थात् मानसिक स्वच्छता पनि नितान्त आवश्यक छ । मस्तिष्कमा नकारात्मक भावनारूपी फोहोर दिनहुँ जम्मा हुने गर्दछ । मानव मस्तिष्कमा जम्मा भएका नकारात्मकतालाई विसर्जन गर्ने मार्गहरू प्रशस्त छन् । योग, ध्यान, व्यायामजस्ता अनेक उपक्रम छन् । मानसिक विकृृति विभिन्न स्वरूपमा मस्तिष्कमा प्रकट हुन्छ । डर, त्रास, भय, रिस, सुस्तता, एकान्तपन, झर्को बोली, उत्तेजना र उन्माद आदि ।

मानव जीवनमा शारीरिक तन्दुरुस्तीको साथै मानसिक स्वस्थ्यता अति महŒवपूणर् कुरा हो । शारीरिक र मानसिक स्वास्थ्यले दुःखद र सुखद दुवै क्षणलाई सामान्यरूपमा लिन्छ । सकारात्मक सोचले जीवनोपयोगी ऊर्जाका साथै धैर्य, सहनशीलता र साहस आदि गुणको विकास हुन्छ ।

यही सेरोफेरोमा आधारित विविध व्यक्तिहरूसँग भएको संवादको सङ्क्षिप्त अंश प्रस्तुत छ ः-

लोकेश सिंह

नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले प्रायः सम्झिरहने जीवनका सकारात्मक पक्षहरू कम रोचक छैनन् । उनी भन्छन्-“प्रहरी वर्दीमा सुशोभित भएर राइफल बोकेको दृश्य मलाई खुब मनपथ्र्यो । आफूलाई पनि त्यसैगरी वर्दीमा हेर्न चाहन्थँे । राइफल भिर्न चाहन्थें । प्रहरी सेवामा प्रवेश गर्ने हुटहुटी थियो मनमा ।”  विसं २०५५ सालमा प्रहरी जवान पदको लागि भर्ना खुलेको थियो । उनी प्रहरी तालिम केन्द्र भरतपुर पुगे । फर्म भरे । परीक्षाका सबै चरण उत्साहपूर्वक पार गरिसकेपछि कलैया फर्किए ।

कलैयामा आफ्नै किराना पसलमा एक दिन फोनको घण्टी बज्यो । उनको दाइले फोन उठाए । उताबाट आवाज आयो- “म रामेछापबाट बौल्दै छुँ, लोकेश मेरो साथी हो, ऊसँग कुरा गर्नुछ ।” दाइले बोलाए-“लोकेश ।”

फोन हातमा लिएर उनले भने’ “हलो” । उताबाट आवाज आयो-“के तिमीलाई प्रहरी जवानको अन्तिम परिणाम प्रकाशित भएको जानकारी छ ?” उनले भने-“थाहा भएन, के भयो ?” उताबाट आवाज आयो-“मिठाई ख्वाउनुपर्छ है साथी, तिमी पास भयौ, र म पनि पास छुँ ।” उनी भन्छन्-“अत्यन्तै हर्षपूणर् उक्त क्षणको स्मरण हुँदा मन रोमाञ्चित हुन्छ । शरीरमा ऊर्जा प्रवाह हुन्छ । मुहारमा मुस्कान छाउँछ ।”

ओमप्रकाश सर्राफ

पर्सा वीरगंजका सामाजिक अभियन्ता ओमप्रकाश सर्राफ, जो अहिले लकडाउनमा असहायहरूलाई खाना ख्वाउने कार्यमा व्यस्त छन्, उनको विगत पनि अत्यन्तै रोचक छ । उनी पनि प्रायः ती प्रसङ्ग सम्झन्छन् । उनी भन्छन्- “उत्साहित र ऊर्जावान् हुनका लागि आफ्नो जीवनका सकारात्मक पक्षहरू स्मरण गर्नुपर्दछ । कतिपय बेला बाल्यकालको सम्झना आउँदा मुहारमा यतिकै मुस्कान आइहाल्छ । ती क्षणहरू स्मरण हुने क्रममा तनाव पनि कम हुने गर्दछ ।”

उनी भन्छन्-“विसं २०५६ सालमा एसएलसी परीक्षा दिएपछि परिणामको पर्खाइमा थिएँ । केही महीनापछि नतीजा प्रकाशित भयो । झन्डै सयजना विद्यार्थीहरूमा केवल तीनजना पास हुनेमध्ये म पनि परेको थिएँ । बुवाले खुशी हुँदै आशीर्वादस्वरूप नयाँ साइकल किनिदिनुभएको थियो । मन कति प्रफुल्लित थियो बयान गरेर साध्य छैन ।” उनलाई अहिले पनि उक्त क्षण स्मरण भइरहन्छ । जसले हृदयमा उ,र्जा प्रवाहित गर्दछ ।

धर्मेन्द्र सिंह (जनकपुर)

जनकपुरका शिक्षक धर्मेन्द्र सिंह कोरोनालाई परास्त गरेका व्यक्ति हुन् । कोरोनाको लक्षण देखिना साथ उनले चिकित्सकीय परामर्श लिएका थिए । साहसिक प्रकृतिका उनी अहिले निको मात्र होइन, स्वस्थ छन् । औषधिलगायत स्वस्थ आहार-विहार, व्यायाम तथा मनोरञ्जनात्मक क्रियाकलापका साथै दिनचर्या राम्रोसँग बितिरहेको उनी बताउँछन् । उनी भन्छन्-“यदि लक्षण कोरोनासँग मिल्दोजुल्दो छ भने चिकित्सकीय परामर्श लिने सवालमा सङ्कोच गर्नुहुँदैन । सहजरूपमा लिनुपर्दछ । डर, भय वा त्रासको कुनै कारण छैन ।” कोरोनाविरुद्ध सामाजिक सचेतना शतप्रतिशत हुनुपर्ने उनको अपिल मननयोग्य छ ।

कल्याण पौडेल (हेटौंडा)

हेटौडा-११ का होटेल व्यवसायी कल्याण पौडेलको बुझाइमा सकारात्मक र नकारात्मक पक्षबीचको अन्तर बुझ्नु आवश्यक छ । अहिले कोरोनाको महामारीबीच नकारात्मक प्रभाव पार्ने प्रकृतिका सन्देशहरू समाजिक सञ्जालमा छताछुल्ल छ । प्रतिकूल सामाचारका कारण रोगभन्दा बढी मनोरोग हावी छ । आत्मबलका कारण कोरोनालाई परास्त गर्ने मानिस हाम्रै वरिपरि धेरै हुन सक्छन् । सङ्क्रणमुक्त रहनको लागि सावधानी अति आवश्यक छ । मनलाई खुशी पार्ने काम हाम्रै वरिपरि छ । उनी भन्छन्-“मलाई मेरो बिहेको दिनको प्रसङ्ग सम्झेर मन प्रफुल्लित हुन्छ । हमीले आफ्नो विगतका रमाइलो क्षण स्मरण गर्नुपर्दछ । अहिलेको परिवेशमा चित खुशी हुने प्रकृतिका क्रियाकलाप अति वाञ्छनीय छ ।”

डा वीरेन्द्र प्रधान (मुटुरोग विशेषज्ञ)

शारीरिक स्वस्थताको सवालमा सामान्य जीवनयापन आवश्यक छ । मानव शरीरको लागि सम्पूणर् अङ्गको भूमिका अपरिहार्य छ । यद्यपि शरीरमा मुटुको भूमिका अहम् छ । यदि पहिलेदेखि मुटुरोगी हुनुहुन्छ र चिकित्सकको परामर्श लिएर औषधि सेवन गर्दै हुनुहुन्छ भने त्यो छोड्नुहँुदैन ।

अवसर खुशीको होस् वा अति दुःखको, अचानक सुनेपछि मुटुको प्रतिक्रिया एक समान हँुदैन । दुःखद विषयमा अत्यधिक घोत्लिंदा पनि मुटुको गति असामान्य हुन जान्छ । हाँसीखुशी रहने बानीले मुटुमात्र होइन, शरीरको सबै अङ्गको कार्य प्रणाली सामान्य रहन्छ ।

मुटु खुशी वा दुःखी हुँदैन । दुःखी वा खुशी हुने कारण मस्तिष्कको उत्पादन हो । रक्तनलीहरू सङ्कुचित हुँदै जानु र बोसो जम्नु आदि कारणले रक्त प्रवाहमा बाधा उत्पन्न भएर ह्दयघात हुने सम्भावना बढ्दछ । बढ्दो उमेरका साथै नशाहरू पनि सङ्कुचित हुने र बोसो जम्ने मुख्यतः तीन कारण छन् । पहिलो, खानपानमा गडबडी जस्तै बोसोजन्य खाद्य पदार्थको अत्यधिक प्रयोग, धूमपान र गुटखा आदिको कुलत । दोस्रो, नियमित व्यायाम नगर्ने बानीले मोटापा बढ्नु । र तेस्रो, तनावको कारण मधुमेह र रक्तचाप जस्ता समस्याबाट ग्रसित हुनु ।

मुटुरोग वा ह्दयाघातको सवालमा Emotional Stress अर्थात् भावनात्मक तनाव पनि अहम् मुद्दा हो । तनावको विविध कारण हुन सक्छ । जस्तै व्यावसायिक घाटा, अत्यधिक ऋण, पारिवारिक कलह वा आफन्तजनको मृत्यु आदि । संवेदनशील कुरा मुटु रोगीलाई एक्कासि भन्नुहुँदैन । किनभने अचानक भनेको कुराले झट्का लाग्छ । मुटुको गति बढ्छ । ह्दयघातको सम्भावना हुन्छ ।

ह्दयघातबाट बच्नको लागि तनावमुक्त रहनु जरूरी छ । उमेर र शारीरिक क्षमतालाई ध्यानमा राखी नियमित योग, ध्यान र व्यायाम गर्नुपर्छ । परिवारमा समय दिनुपर्छ । खुशी हुने प्रकृतिका गतिविधितर्फ बढी केन्द्रित हुनुपर्छ । स्वस्थकर भोजन ग्रहण गर्नुपर्छ । यदि मधुमेह र रक्तचापको समस्या छ भने चिकित्सकको परामर्श लिएर औषधि सेवन गर्नुपर्छ ।

मृत्यु निश्चित छ । यो ध्रुव सत्य सबैलाई ज्ञात छ । तर कुनै दिन हुने मृत्युको भयले प्रतिदिन किन मर्ने ? कोरोनाको यो माहोलमा भ्रामक सूचनाबाट बच्नुपर्दछ । उमेर अनुसार नियमित व्यायाम आवश्यक छ ।

डा अनुपकुष्ण गुप्ता (मनोचिकित्सक, एमडी साइकाइट्री)

उनी भन्छन्-“वनको बाघले नखाए पनि मनको बाघले खान्छ ।” अहिलेको समयमा मानसिक उद्वेग र समस्या सामान्य खोकी र ज्वरो लागेको मानिसमा मात्र नभई शारीरिक समस्या नै नभएका मानिसमा समेत पाइएको छ । एकातर्फ लकडाउन लम्बिनु, आफन्तहरू रोगले ग्रसित हुनु, समयमा उपचार नपाउनु, चिरपरिचित व्यक्तिको मृत्युको खबर सुन्नुुका साथै दैनिक कामकाजमा बाधा आउनु, आम जनताको आम्दानीमा कमी, दैनिक उपभोग्य वस्तुको अनियन्त्रित बजार भाउ आदि मानसिक रोग हुनुको विविध मनोसामाजिक कारण हुन् । अर्कोतर्फ डर र चिन्ता बढ्नुमा सञ्चार माध्यमहरूमा प्रकाशित/प्रसारित नकारात्मक खबर तथा मोबाइलमा प्रवाह हुने अवैज्ञानिक सन्देशहरू पनि हुन् ।

डा. गुप्ताले गरेको अनलाइन सर्वेक्षणले के देखाउँछ भने कोरोना भाइरसको प्रकोपसँगै उदासीनता र आत्तिने मनोरोग (डिप्रेसन र एङ्जाइटी डिसअर्डर) जस्ता मानसिक रोग बढ्दो क्रममा छ । अहिले मुख्यरूपमा एङ्जाइटी डिसअर्डर अर्थात् चिन्ता-विकारका कारण समुदाय त्रसित देखिन्छ । साधारण रुघाखोकी भएपनि, कोरोना नै भयो कि भन्ने भय पनि धेरैलाई छ । यसलाई ॅकोरोना फोबिया’ पनि भन्न सकिन्छ । यो अनावश्यक डरले मानिस नचाहिने परीक्षण गराउन पुग्छ । मानसिक विकारले अङ्गहरूको सामान्य गतिविधिलाई असन्तुलित गर्दछ । मनोरोग झन् बढेर जान्छ । जस्तै चिन्ता, डर, अनिद्रा र बेचैनी आदि । यी समस्याले मधुमेह र रक्तचाप भएका रोगीहरूलाई झन् सताउँछ ।

भावना, विचार र व्यवहार आदिमा एकाएक परिवर्तनको लक्षण नै मनोरोगको पहिलो सङ्केत हो । कसैलाई मनोरोग छ भने उसलाई दोष दिनुभन्दा उपचार गराउनुपदर्छ । यस्तो रोग हुनेहरूलाई समाजमा निरुत्साहित गरेको देखिन्छ, जुन गलत हो । तनावजन्य परकम्प जीवनमा दैनिक आइरहन्छ । जसरी शक्तिशाली भुइँचालोमा बलिया घरहरू नष्ट हुँदैनन्, त्यसैगरी बलियो मनोभाव भएका व्यक्तिमा प्रतिकूलताको प्रभाव पर्दैन । त्यसैले सकारात्मक र ऊजाशील मनोभावना वृद्धि हुने गतिविधि आवश्यक छ ।

कोरोना नयाँ स्वरूपसहित आइपरेको छ । सावधानी र सतर्कता अपरिहार्य छ । यद्यपि सङ्क्रमित हुँदैमा आत्तिनुपर्ने कारण छैन, बरु रोगीको मनोबल बढाउनुपर्छ । आफू, परिवार र समाजको सुरक्षालाई दृष्टिगत गर्दै औषधि र पौष्टिक आहार लिनुपर्छ । अहिले सङ्क्रमितहरूमध्ये निको हुनेको सङ्ख्या बढ्दो छ । परिजनहरूसँग फोन आदिको माध्यमले भावनात्मक सामीप्य राख्नुपर्छ । मनका कुरा शेयर गरेर पनि धेरै हदसम्म हल्का महसूस गर्न सकिन्छ । नकारात्मक सूचनाबाट बच्नुपर्छ र अरूलाई पनि बचाउनुपर्छ । विश्व स्वास्थ्य सङ्गठन लगायत आधिकारिक निकायले प्रवाह गरेका सूचनाहरूलाई मात्र तथ्यपरक बुझ्नुपर्छ । परिस्थितिलाई सहज स्वीकार गर्ने हो भने नैराश्यता उत्पन्न हँुदैन । यद्यपि मानसिक रोग अनियन्त्रित भएमा मनोचिकित्सक डाक्टरलाई सम्पर्क गर्ने सवालमा कदापि सङ्कोच मान्नुहुँदैन ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here