पुनः एक साता निषेधाज्ञा थप

प्रस, वीरगंज, २९ वैशाख

कोभिड सङ्कट व्यवस्थापन केन्द्रको सिफारिशमा जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा अवधि पुनः एकसाता लम्ब्याएको छ ।

बुधवार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र पर्साले निषेधाज्ञा जारी भएपछि कोरोनाको चेनब्रेक प्रभावकारी भएको ठहर गर्दै जारी निषेधाज्ञालाई एक साता बढाउन सिफारिश गरे बमोजिम प्रजिअ पीताम्बर घिमिरेले जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश बढाएका हुन् ।

पर्सा जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म पहिलोपटक निषेधाज्ञा जारी भएको थियो । त्यसपछि प्रत्येक साता थप्ने काम भइरहेको छ । योसमेत दुईपटक निषेधाज्ञा अवधि बढेको हो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्