अक्सिजन सकिएपछि अस्पतालमा विवाद

प्रस, वीरगंज, २९ वैशाख

वीरगंजको नगवामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालद्वारा सञ्चालित बाबा होटल अस्थायी कोभिड अस्पतालमा राति ११ बजे सबै अक्सिजन सकिएपछि होहल्ला भयो । सङ्क्रमितका आफन्तले अस्पताल र प्रशासनको रवैयाको विरोध गर्दै होहल्ला गरेका थिए ।

म·लवार बिहानदेखि अक्सिजनको अभाव रहे तापनि प्रहरी प्रशासनले अक्सिजनको व्यवस्थापन गर्न नसकेको भन्दै बिरामीका आफन्त प्रदर्शनमा उत्रेका थिए । उक्त कोभिड अस्पतालमा हाल ८० भन्दा बढी सङ्क्रमितको उपचार भइरहेको छ । अक्सिजन सकिएर अस्पतालले व्यवस्थापन गर्न नसकेको र यसबारे जानकारी गराउँदा साँझदेखि पर्साका प्रजिअ पीताम्बर घिमिरे र पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेसमेत सम्पर्कमा आएका थिएनन् ।

सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि राति नै प्रशासनले सामाजिक संस्थाहरूले भण्डारण गरी राखेको अक्सिजनबाट एक लट अक्सिजन ५० पिस अस्पतालमा पु¥याएको र विवाद साम्य भएको अस्पतालले जानकारी दिएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्