प्रस, वीरगंज, २९ वैशाख
कोरोना महामारीको सङ्कटको बेला वीरगंजमा अर्काे सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । वीरगंज–१४ बहुअरी बाइपास रोडमा स्पर्श मल्टि स्पेसलिटी हस्पिटल सञ्चालनमा आएको हो ।
करीब १० करोडको लागतमा ६ कठ्ठा क्षेत्रफलमा निर्माण भएको चार तल्ले अस्पतालले शुरूमा २५ बेडको स्वीकृति पाएको अस्पतालका चिकित्सक डा. महेश्वर कुर्मीले जानकारी गराए । वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले अस्पतालको उद्घाटन गरेपछि बिरामीको उपचार शुरू गरिएको उनले बताए ।
डा. कुर्मीका अनुसार हाल ५ शøयाको आकस्मिक कक्ष, १३ शøयाको एचडियु र ११ बेडको आइसियुसहित २४ बेड क्षमताको अस्पताल शुरू गरिएको र पछि आवश्यकता अनुसार शøया थप्दै जाने लक्ष्य छ । वीरगंजमा कोभिड–१९ को दोस्रो लहरले अधिकांश सरकारी र निजी अस्पतालमा बेड पाउन मुश्किल रहेको अवस्थामा अस्पताल सञ्चालन हुनु वीरगंजको लागि खुशीको कुरा भएको वीरगंजका मेयर विजयकुमार सरावगीले बताए । उनले भने–“विपद्को समयमा अस्पताल सञ्चालनमा आएको छ, यसले बिरामी तथा सङ्क्रमितहरूको उपचारमा अहम् भूमिका निर्वाह गर्नेछ ।” अस्पतालमा डा. कुर्मीसहित वीरगंजका अन्य दक्ष चिकित्सकहरूको पनि लगानी रहेको बताइएको छ ।