महुवनमा सुविधासहितको कोभिड अस्पताल सञ्चालन

प्रस, पचगावाँ, २९ वैशाख

सखुवापरसौनी गाउँपालिकाले सुविधासम्पन्न दश शøयाको आइसोलेशन कक्षसहित कोभिड अस्पताल सञ्चालन गरेको छ।

गापा अध्यक्ष प्रदिपकुमार जयसवालले १० शøयाको आइसोलेशन र अक्सिजन सेवासहित सङ्क्रमितहरूको उपचार हेतु कोभिड अस्पताल सञ्चालन गरेको बताए । उनले कोभिड अस्पतालमा चिकित्सकीय सेवा प्रदान गरिनेगरी व्यवस्थापन गरिएको जानकारी गराएका छन् । अध्यक्ष जयसवालले महुवन स्वास्थ्य चौकीमा कोभिड अस्पताल सञ्चालन गरेको बताए । अहिले कोभिड अस्पतालमा दुईजना सङ्क्रमित भर्ना रहेको प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले वताए । उनले गापाले सञ्चालनमा ल्याएको कोभिड अस्पतालमा एन्टिजेनबाट सङ्क्रमण भए नभएको पत्ता लगाउने सुविधा राखिएको र सङ्क्रमित ओसारपसारका लागि एम्बुलेन्स सेवाको पनि व्यवस्था गरिएको बताए ।

गापा अध्यक्ष जयसवालले सबै वडा अध्यक्ष, सदस्यहरूलाई महामारीको बारेमा आफ्नो वडामा सचेतना कार्यक्रम सञ्चालन गर्न र सङ्क्रमितहरूलाई सक्दो सहयोग गर्न निर्देशन दिएको बताएका छन् । उनले आर्थिकरूपमा अक्षम सङ्क्रमितहरूको निश्शुल्क उपचार सेवाको व्यवस्था गरिएको र रकम अभावमा कोही पनि गापाका मानिस उपचारबाट वञ्चित नपारिने बताएका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्