प्रस, वीरगंज, २९ वैशाख
नेपाल तेक्वान्दो महासङ्घका अध्यक्ष दिनेश शर्माले आफ्नो व्यक्तिगत खर्चमा नेपाल प्रहरी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
कोरोनाको जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञामा प्रहरी र सञ्चारकर्मीले अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी अध्यक्ष शर्माले करीब २० हजार बराबरको स्वास्थ्य सामग्री इलाका प्रहरी कार्यालय निजगढलाई हस्तान्तरण गरेका हुन् ।
इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्षक शङ्करप्रसाद चौधरीलाई निजगढ अन्तर्गत सिंगौंल र रतनपुरी अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरीका लागि आवश्यक मास्क र सेनिटाइजर हस्तान्तरण गरेको अध्यक्ष शर्माले बताए।
सोही अवसरमा उपस्थित पत्रकारहरूलाई मास्क र सेनिटाइजर हस्तान्तरण गरिएको बताइएको छ ।