प्रस, वीरगंज, २९ वैशाख
रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले महानगरपालिकाको विभिन्न वडाहरूमा बुधवार खानेकुरा तथा फलफूल वितरण गरेको छ ।
रोट्राक्ट क्लब अफ वीरगंज मेट्रोपोलिस र रोट्राक्ट क्लब अफ युनाइटेड वीरगंजको सहकार्यमा निषेधाज्ञामा आवश्यकता भएका मानिसलाई २०० प्याकेट भेज बिरयानी, ११५ प्याकेट जुस, मिनरल वाटर, बिस्कुट, भुजिया आदि वितरण गरिएको रोटरी क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर अनिल जयसवाल बताए । क्लबको यो अभियानमा सालोनी रौनियार, प्रकाश कर्ण, रविन श्रेष्ठ, सन्दिप ओझा, सौरभ गोयल, अमित सर्राफ, विक्की शर्मा, प्रदिप गुप्ता, नान्सी अग्रवालले सघाएका थिए ।