मध्यरौतहटलाई ठूलो क्षति

0

प्रस, गरुडा, २९ वैशाख

बितेको दुई दिनमा मध्यरौतहटका विभिन्न प्रतिष्ठित व्यक्तिको देहान्त भएको छ ।

तत्कालीन जिल्ला विकास समिति रौतहटका पूर्वउपसभाति पुनीतप्रसाद पटेलको बुधवार मृत्यु भएको छ । देवाहीगोनाही नगरपालिका निवासी पटेलको घरमैं देहान्त भएको हो ।

गरुडा उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष तथा साहु समाज ऋण सहकारी संस्था लिमिटेडका संस्थापक रही गरुडामा रोमा हस्पिटल प्रा.लि. सञ्चालन गर्दै आएका युवा समाजसेवी दीपेन्द्र साहको कोरोना सङ्क्रमणको क्रममा काठमाडौंमा मृत्यु भएको छ ।

युवा व्यवसायी साहको मृत्यु भएपछि गरुडामा एक किसिमले सन्त्रास फैलिएको छ ।

यसैगरी म·लवार नै शीतलपुर घर भएकी रेड टेलिभिजनकी संस्थापक रमादेवी रायको कोरोना सङ्क्रमणको कारण गौर अस्पतालमा मृत्यु भएको हो ।

मृतक यादव नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका पूर्व उपाध्यक्ष जयप्रकाश यादवकी पत्नी हुन् । केही दिनदेखि बिरामी यादवको उपचारको क्रममा मृत्यु भएको हो ।

गरुडाका चर्चित समाजसेवी तथा तत्कालीन नेकपा एमालेबाट गाविसमा उपाध्यक्षका उम्मेदवारसमेत बनेका कमलसाह तेलीको पनि उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ । लामो समयदेखि काठमाडौंमैं रहेका साह बिरामी थिए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here