लकडाउनमा वन क्षेत्र पुनः तस्करहरूको तारोमा

0

जीतलाल श्रेष्ठ, निजगढ, २९ वैशाख

अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै बाराको वन क्षेत्र काठ चोर–तस्करहरूको तारोमा पर्न शुरू भइसकेको छ । बढ्दो सङ्क्रमण रोक्न जिल्ला प्रशासन कार्यालय, बाराले मानिसहरूलाई आआफ्नै घरमा सुरक्षित रहन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

यसलाई टोलटोल बस्तीबस्तीमा प्रभावकारी बनाउन स्थानीय तहहरू गाउँपालिका, नगरपालिका, उपमहा नगरपालिकाले आफ्नो जनतालाई सुरक्षित रहन सार्वजनिक अपिल गर्दै आएको छ । तर यस्ता अपील, आग्रहलाई बेवास्ता गर्दै बाराका विभिन्न वन क्षेत्रका नाकाहरूबाट वन पैदावर काठ चोरी तस्करीका घटनाहरू बढ्न थालेको छ ।

म·लवार राति करैयामाई गापा– १ हरैयाका ४५ वर्षीय तबारक मियाँ अन्सारी, कलैया उपमहानगरपालिका–२२ मदिलवाका ४४ वर्षीय अख्तर मियाँ अन्सारीसहित तीनथान साइकलमा तीन थान गोलाइ, एक थान बन्चरो, दुई थान आरासहित २१.९२ क्युफिट सालको गोलाई वन कर्मचारीले नियन्त्रणमा लिन सफल भए । पाँच÷सातजनाको समूहमा रहेका अन्य व्यक्तिहरू भने फरार भए । गश्तीमा रहेका सशस्त्र वन कर्मचारीले केही राउन्ड हवाइफायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको बताएका छन् ।

त्यसैगरी एक साता अघि जीतपुर—सिमरा उपमहानगरपालिका–१६ पिलुवाका ६३ वर्षीय लालबहादुर तामाङलाई पनि ९.७३ क्युफिट सालको गोलाइ दुई थान, साइकल दुई थान र बन्चरो १ थानसहित नियन्त्रणमा लिई कारबाई अघि बढाएको थियो । यसको तीन दिन अघि कलैया उपमहा नगरपालिका–२ का ४५ वर्षीय बाबूलाल महरालाई पनि १२.५८ क्युफिट चारथान सालको गोलाइ, चारथान साइकलसहित वन कर्मचारीले नियन्त्रणमा लिने काम भएको थियो । घटनाक्रम हेर्दा लकडाउनलाई कडा बनाइएको समयमा मौका छोप्दै वन क्षेत्र भित्र प्रवेश गर्ने र काठ गोलाइ स·ठित रूपमा चोरी, तस्करी गर्ने गिरोह सक्रिय हुन थालेको देखिएको डिभिजन वन कार्यालय बाराका प्रमुख एंव डिएफओ मन्जुर अहमद बताउँछन् ।

उनले लकडाउनमा घर आएर बेरोजगारी बनेकाहरू वन क्षेत्रबाट काठ गोलाइ चोरी तस्करी गर्ने काममा संलग्न हुने गरेको पाइएको बताए । उनले घटनासँगै यसविरुद्ध अभियान बढाइएको जानकारी गराएका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here