प्रस, बिरुवागुठी, २८ वैशाख/
पर्सागढी नगरपालिका–४ हरदासपुरमा मोटरसाइकलको ठक्करबाट दुईजना बालक घाइते भएका छन्। घाइते हुनेमा ८ वर्षीय रञ्जीत महतो र नन्दलाल महतो रहेका छन्। पोखरीछेउको सडकमा खेलिरहेको अवस्थामा अनटेस्ट मोटरसाइकलले बालकलाई ठक्कर दिइ फरार भएको थियो। गम्भीर घाइते रञ्जीतको वीरगंजमा उपचार भइरहेको छ भने नन्दलालको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी चौकी बडनिहारका इन्चार्ज विनोदमान सिंहले बताए।