प्रहरी जवानद्वारा आत्महत्या

प्रस, महोत्तरी, २८ वैशाख।

महोत्तरीकोमा एकजना प्रहरी जवानको झुन्डिएको अवस्थामा शव भेटिएको छ।

सोमवार राति प्रहरी चौकी सम्सीबाट करीब सातसय मिटर दूरीमा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा प्रहरी जवान २५ वर्षीय जितेन्द्र साहको शव भेटिएको हो।

महोत्तरीका एसपी दिनेश आचार्यले प्रहरी जवान साहले आत्महत्या गरेको हुन सक्ने आशङ्का गर्दै घटनाको अनुसन्धान भइरहेको बताए।

पर्साको बहुदरमाई नगरपालिका–१ घर भई ढल्केबरमा रहेको प्रहरी गणमा दरबन्दी रहेका उनी विगत ७ महीनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत थिए। प्रहरी जवान साहको विवाह आगामी जेठ ७ गते हुने तय भएको थियो। बिहेकै लागि बिदा लिएर घर जाने तयारीमा रहेका उनी मृत फेला परेका हुन्।

मृतक प्रहरी जवान साहको शव अन्त्येष्टिका लागि परिवारलाई खबर गरिसकेको र आएपछि थप प्रक्रिया पूरा गरी शव जिम्मा लगाइने महोत्तरी प्रहरीले जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्