नारायणी अस्पतालमा ७ जना भर्ना, ५ जना डिस्चार्ज

प्रस, वीरगंज, २८ वैशाख/

नारायणी अस्पताल, वीरगंजमा वैशाख २७ गते सातजना भर्ना भएको र पाँचजना डिस्चार्ज भएका छन्।

अस्पतालका प्रवक्ता डा सरोज सिंहले अहिले अस्पतालमा १२० जना सक्रिय सङ्क्रमित भर्ना भएको बताए। यिनीहरूमध्ये ४५ जना महिला र ७५ जना पुरुष छन्। यसैगरी अस्पतालको भेन्टिलेटरमा १२ जना र आइसियुमा ७५ जनाको उपचार भइरहेको उनले बताए।

यसैगरी एचडियुमा १५ महिला, ३० पुरुष गरी ४५ जनाको उपचार भइरहेको प्रवक्ता डा सिंहले बताए।

यसैगरी वीरगंज महानगरपालिकाको गोपाल मण्डलीमा रहेको कोभिड अस्थायी अस्पतालमा सोमवार चारजना भर्ना भएसँगै बिरामीको सङ्ख्या १८ पुगेको छ। सो अस्पतालमा अहिलेसम्म २१ जना भर्ना भएका र तीमध्ये ६ जना महिला, १५ जना पुरुष रहेको रितेश जैसवालले बताए। अस्थायी कोभिड अस्पतालमा ६ जनालाई अक्सिजन सेवा प्रदान गरिएको उनले जानकारी गराए।

वीरगंज महानगरपालिकाले बाल मन्दिरमा आज ४३ जनाको स्वाब सङ्कलन गरेको छ। २६ जना महिला, १७ जना पुरुष गरी ४३ जनाको स्वाब सङ्कलन गरिएको महानगरका जहिर आलमले बताए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्