मटिअर्वामा लाखौंको लुटपाट

प्रस, लहान, २८ वैशाख/

लहान नगरपालिका–१ सिग्राही मटिअर्वास्थित इन्द्रदेव ठाकुरको घरमा अज्ञात समूहले लाखौंको धनमाल लुटपाट गरेको छ।

मध्यरात सात/आठजनाको समूहमा आएका लुटेराहरूले नगद रु ६ लाख र गरगहनासमेत गरी करीब रु १० लाख मूल्य बराबरको धनमाल लुटेको पीडितले बताए।

लुटेराहरू छत हुँदै घरमा प्रवेश गरेको र आफ्ना दुर्ई छोराको कञ्चटमा पेस्तोल राखी दराजको साँचो खोसेर नगद रु ६ लाख र छोरी–बुहारीले लगाएको २ तोला जति सुन र २० तोला चाँदी लुटेर लगेको ठाकुरले जानकारी दिए।

लुटेराले घरका सबै सदस्यको मोबाइल कब्जामा लिएका कारण प्रहरीलाई खबर गर्न नसकिएको ठाकुरको भनाइ छ।

लुटेराहरू गइसकेपछि घटनाबारे छिमेकी र प्रहरीलाई जानकारी गराएको उनले बताए। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्