दुर्घटनामा दम्पतीको मृत्यु

0

सप्तरी, २८ वैशाख/रासस

दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ। हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल  र उनकी पत्नी ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै  गरेको ना ६ख ३८६१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिंदा साइकलमा सवार मण्डल दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

साइकलमा सवार मण्डल दम्पती घाइते भई दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल भारदह लैजाने क्रममा दुवैजनाको बाटोमा मृत्यु भएको काफ्लेले जानकारी दिए।

शवपरीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here