अवैधरूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं, २८ वैशाख/रासस

काठमाडौंका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सातजनालाई पक्राउ गरी कारबाई गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र वारकोडसमेत नभएको, न्यून गुणस्तरको अक्सोमिटर बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो। अनुगमनमा काठमाडौं प्रशासनसँगै महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभाग र वाणिज्य विभागको समेत सहभागिता थियो।

काठमाडौं प्रशासनले आज एक सूचना जारी गरी उनीहरूबाट ८६५ थान अक्सोमिटर बरामद गरेको र पक्राउ परेका सातैजनाविरुद्ध कानूनी कारबाई अघि बढाइएको जनाएको छ। पछिल्लो समयमा अत्याश्यक वस्तुको अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र बढी मूल्य लिएर सेवा दिने गतिविधि नियन्त्रणमा नियमित अनुगमन भइरहेको छ। सो क्रममा प्रहरीले बढी भाडा लिने व्यक्तिलाई पक्राउ गरी कारबाई गरिरहेको छ भने अक्सिजन सिलिन्डर सङ्कलन अभियानसमेत जारी छ। अस्पतालले समेत चर्काे शुल्क लिने गरेको गुनासो आएकोले अनुगमन भइरहेको प्रशासनले जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्