कोही किन पछाडि रहोस् ?

0

यो मानवीय प्रवृत्तिको नै विशेषता होला, ऊ कसैभन्दा पछाडि रहन चाहँदैन। सबैभन्दा बढी विशेषताले युक्त हुन चाहन्छ। तर असल कामका लागि होइन, खराब, अरूलाई पीडा दिने, ताक परेका बेला स्वार्थपूर्ति गर्ने काममा मानिस पछाडि पर्न चाहँदैन। कोरोनाले यस मानवीय प्रवृत्तिलाई राम्ररी उदाङ्ग पारिदिएको छ। अस्पतालहरू आज व्यावसायिक भएका छन्। मानिसलाई स्वास्थ्य सेवाको आपूर्ति एक्लो सरकारी अस्पतालले गर्न नसक्ने र राम्रो सेवा दिन नसकेको यथार्थले सञ्चालनमा आएका व्यावसायिक अस्पतालहरूले पनि यद्यपि सेवा भावलाई प्राथमिकता दिनुपर्ने हो, सामान्य अवस्थामा दिएका पनि छन्, तर कोरोनाकालमा बढी पैसा असुल्ने, विवशताको अवस्थामा औषधिको बढी मूल्य लिने, चिकित्सकको स्वास्थ्य सरोकार देखाएर कोरोना सङ्क्रमितलाई भर्ना नलिनेजस्ता कामहरू देखिन थालेको छ। यद्यपि यो स्वाभाविक हो, तर एउटा सैनिक युद्धका बेला आफ्नो ज्यान जाने डरले घरमा बस्दैन, एउटा सिपाही दङ्गाका बेला चोट लाग्ने डरले दायित्वबाट पन्छिंदैन भने एउटा चिकित्सक उपचार गर्नबाट किन पन्छिनु ? तर यही तर्क दिइँदैछ, बढी रकम असुलिंदै छ।

अस्पतालहरूको यस्तो रवैया हेरेर, औषधि पसलेहरूको निकृष्टतम नाफाखोरी हेरेर अब अन्य क्ष्Fेत्र पनि मौकामा चौका हान्ने दाउ थाप्न थालेको छ। पर्सा जिल्लाका ग्रामीण क्ष्Fेत्रमा निर्माण सामग्रीहरूको मूल्यमा अतार्किक वृद्धि हुन थालेको छ। छड, सिमेन्टलगायत निर्माण सामग्रीहरूको मूल्यमा एक्कासि वृद्धि गरिएको छ। दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा उतारचढाव त पहिले पनि हुने नै गर्दथ्यो। विश्वव्यापी कोरोनाकालमा प्रायः मुलुकहरूले लकडाउन र निषेधाज्ञा लागू गरेको बेला सवारी साधनहरूको गतिशीलता प्रायः ठप्प छ तर सरकारी स्वामित्वको इन्धन बेच्ने नेपाल आयल निगमले नै दुईपटक मूल्य वृद्धि गरिसकेको छ। सरकार नै अनुचित नाफाखोरीमा संलग्न भएपछि व्यापारीलाई कसले रोक्ने ? जनताले यसै पनि निषेधाज्ञाको बेला आयआर्जन गर्न सकेको छैन, झन् निम्सरा जनताले रोजीरोटीका लागि श्रम बेच्न सकेको छैन, तर प्रत्येक वस्तुको भाउ भने दिनानुदिन बढि नै रहेको छ। कोरोना महामारीको बेला पनि हामीमा मानवता, सद्भाव, पारस्परिक सहयोगको भाव जाग्न सकेन भने मानिस र जङ्गलको पशुबीच भेद नै के रह्यो ?

प्रशासन त शायद चाहन्छ, सदाकाल निषेधाज्ञा बहाल रहोस्। यसैको निहुमा उसले हातखुट्टा चलाउनुपर्दैन। उसलाई आजीविकाको कुनै पीर छैन। सरकारले जागीर खोस्न सक्दैन, जागीर रहुन्जेल तलब–भत्ता पाइहालिन्छ। कोरोनाको डरले सामाजिक दूरी कायम गर्ने निहुमा कुनै काम पनि गर्नैपरेन। एउटा सामान्य मानिसबाहेक समाजका सबै तह तप्कालाई कोरोनाले वरदान दिएको छ। मारमा निम्सरो, मध्यमवर्गीय जनता छ, जसको स्वरोजगार छ, जो दिनभरि काम गरेपछि बेलुका मुखमा माड हाल्न पाउँछ, जसको बन्द व्यापार बन्द हुँदा आफू आश्रितलाई पाल्न सास्ती खेप्नुपरेको छ, त्यस्तालाई कोरोनाले पनि पिरोलेको छ। आफ्नो गर्जो टार्न उसले कुनै न कुनै बेला बाहिर निस्कनै परेको छ, बाहिर निस्क्यो कि कोरोनाले छोपिहाल्छ। जो सक्ष्Fम छ, जसलाई रोजीरोटी कमाउने चिन्ता छैन, उसका लागि ताक परेको छ, ऊ कोभन्दा को कमको सिद्धान्तमा सकेसम्म नाफा कमाउन तल्लीन छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here