तिलावेको डाइभर्सन पानीले बगायो

40

पुरानै पुलबाट आवागमन शुरु

प्रस, पोखरिया, २७ वैशाख/

तिलावे पुलको डाइभर्सन पानीले बगाएपछि पुनः पुरानो पुल सञ्चालनमा ल्याइएको छ।

शुक्रवार डाइभर्सन बगाएको र सोही दिनदेखि पुरानो पुल सञ्चालनमा ल्याइएको स्थानीयले बताएका छन्। तिलावे नदीमा रहेको पुरानो पुल नयाँ पुल निर्माणको क्रममा विगत केही वर्षदेखि बन्द गरिएको थियो।

पछिल्लो छ महीनादेखि पुरानो पुल पूर्णरूपमा बन्द गरी डाइभर्सनबाट मात्र सवारी र पैदल आवतजावत गराइँदै आएको थियो। तर सात वर्षदेखि निर्माणाधीन अवस्थाको नयाँ पुल अहिले पनि निर्माणको क्रममैं छ। पुल निर्माणमा अहिले केही प्रगति भएको छ। पुलको पश्चिमतर्फ आधा भागको बिममा ढलानसमेत भइसकेको छ भने आधा भाग निर्माणको क्रममा छ। नयाँ पुलको निर्माण कामले अहिले आएर तीव्रता लिएको कारण पुरानो पुलबाट आवतजावत बन्द गरिएको थियो। सवारीसाधनहरू पुरानो पुलबाट चल्दा नयाँ पुल निर्माणमा समस्या हुने गरेको ठेकेदार कम्पनीको भनाइ छ। त्यसैले पुरानो पुलबाट सवारीसाधन सञ्चालन हुन नपाउने गरी सडक नै भत्काउने काम भएको थियो। अहिले डाइभर्सनलाई पानीले बगाएपछि पुरानो पुलको बाटो पुनः मर्मत गरी सञ्चालनमा ल्याइएको हो। निषेधाज्ञाको कारण यस भेगमा सवारीसाधन पातलिएकाले अहिले तिलावे पुलमा सवारी जामको समस्या छैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्